चन्दा संकलन गर्दै हिँडेका १२ जना प्रहरीको फन्दामा

इलाम ,
इलाममा स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा जिल्ला बाहिरका १२ जनालाई पक्राउ  गरिएको छ । उनीहरुलाई जिल्लाको सूर्योदय नगरपालिका १ गोर्खे को मंगलबारेबाट पक्राउ गरिएको हो  ।
गोर्खेको सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा गोर्खे प्रहरी चौकीको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा नेपाली सेनाबाट अवकास पाएका चितवनका बसन्तबहादुर बराल, मुक्तिनाथ अधिकारी, तनहुँका रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका तेजेन्द्र जिसी र कोपिला थापा, काठमाडौंका  कृष्ण थापा र मिना केसी, तेह«थुमका कृष्णप्रसाद अधिकारी, संखुवासभाका अर्जुनकुमार गौतम र रमेश गौतमका साथै रुपन्देहीका माया पुलामी मगर रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीन थान नागरिकता, चार  थान मतदाता परिचयपत्र र नेपाली चार हजार चार सय तथा भारतीय दुई हजार पाँचसय ७० रुपैंयाँ बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चुनावको गतिविधि विरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com