Aamsanchar

झापामा ७१.५५ प्रतिशत मतदान

Author Image
बिहिवार, मंसिर २१, २०७४

झापा  । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ । बिहिबार भएको मतदानको प्रारभ्भिक बिवरण अनुसार झापामा ७१.५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए ।

५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली काग्रेस र बाम गठबन्धन कै उम्मेद्वारहरु बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

बिहीबार भएको मतदानमा कांग्रेस नेता तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका वडा नं. १० को कलबलगुडीमा रहेको मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरे भने काग्रेस केन्द्रीय सदस्य झापा १ का प्रतिनिधि सभा उम्मेद्वार बिश्वप्रकाश शर्माले मेचीनगर वडा नं. ९ स्थीत कविशिरोमणि माबिमा रहेको मतदान केन्द्रबाट बिहान ८ः१५ मा मतदान गरे । झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नु भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै माओबादी नेता तथा झापा १ बाट बाम गठबन्धनका उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले मतदान गरेनन् । काठमाण्डौमा मतदाता नामवली रहेका कार्की झापा १ मा नै रहेकाले उनले मतदानमा सहभागि हुन पाइनन् । त्यस्तै झापा ३ बाट बाम गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले हल्दीबारीबाट मतदान गरे । झापामा बिहिबार भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । झापामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले जानकारी दिए ।

झापा क्षत्रे नं. ३का विभिन्न मतदान केन्द्रहरुमा देखिएको झलक । 

                                                  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर