Aamsanchar

दुई यूवाको प्रयासले २३ जनाले पाए रोजगारी

Author Image
शुक्रवार, मंसिर २२, २०७४

पूर्वको व्यस्त सहर मानिएको  विर्तामोड दिनानुदिन अझ व्यस्त, भिडभाड र कोलाहल बन्दै गएको छ । ठुला साना उद्योग, स्वास्थ्य संस्था, शैशिक्ष केन्द्रहरु धमाधम बनिरहेको छ र बन्ने क्रममा धेरै व्यापारीक प्रतिष्ठान छन । पर्यटकिय हिसावले पनि विर्तामोड मुख्य केन्द्र बन्दै गएको छ ।

देशका विभिन्न जिल्लाबाट भ्रमणको लागि झापा र इलाम आउनेको पर्यटकको संख्या पनी बर्षेनी बढिरहेको छ । विर्तामोडमा साना र ठुला गरी सयौं होटलहरु सन्चालनमा छन, ठुलाठुला भवन र साघुरो ठाउ“मा खेलिएका होटल हरु विर्तामोडमा गनिने होटलमा पर्दछन,तर ति होटलहरुमा ग्रहाकहरुले प्राकृतिक वातावणर पारिवारिक वातावण भने कमै होटलमा मात्र प्राप्त गर्न सक्ने अवस्था छ ।

केही महिना अघि विर्तामोडमा दुई जना यूवाले नया“ शैली र योजनाका साथ मोक्ष नामक एक होटल बार एण्ड क्याफे संचालनमा ल्याएका छन । शान्त वातावरण र पारिवारिक जमघट र विभिन्न सास्कृतिक, मनोरञ्जन कार्यक्रम समेत आयोजना गर्न मिल्ने, खुल्ला प्रसस्त क्षेत्रफल रहेको होटल मोक्ष धेरैको रोजाईमा पर्न थालेको छ ।

विभिन्न स्वदेशी र विदेशी खानाको परिकार उपलव्ध गराउने मोक्षमा फराकिलो पार्किङ क्षेत्र , बगैचा, मिटिङ हल, सभाहल, पुस्तक संग्राहलय, शान्त वातावरण, मिठो र छिटो खानाको सेवा दिन २३ जना कर्मचारी परिचालन गरेका होटल संचालक द्वय निरज प्रसाई र आशिष घिमिरेले १ करोड ५० लाख भन्दा बढीको लगानिमा विर्तामोड नगरपालिका वडा नं. १ मा होटल मोक्ष संचालनमा ल्याएको संचालक प्रसाईले बताए ।

सब्द तस्विर : विनोद पाण्डे (कमल) /आमसंचार

हेर्नुहोस, होटल मोक्षको विभिन्न १३ फोटो फिचर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर