Aamsanchar

गेट भाँच्चिएर टाउकोमा चोट लाग्दा बालकको मृत्यु

Author Image
आइतवार, मंसिर २४, २०७४

पोखरा, 

पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा आज दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका र तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तैबीच आजै महानगर–१७ छोरेपाटनमा वा५ख २५५८ नंको बसको ढोकाबाट खस्दा भरतपोखरी बस्ने ६० वर्षीया सावित्री आचार्य र २२ दिनको नाति सम्पन्न आचार्य घाइते भएका र उनीहरुको मणिपाल अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
बुधवार, वैशाख ५, २०८१