Aamsanchar

इलामका सबै स्थानमा वाम गठबन्धन विजयी

Author Image
आइतवार, मंसिर २४, २०७४

इलाम,

इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट विजयी बन्नुभएको छ ।

उहाँ निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई भारी मतान्तरसहित विजयी बन्नुभएको हो । खनाल ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका नजिकका प्रतिष्पर्धी नेपाली काँग्रेसका कट्टेलले १९ हजार ६२७ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रतिनिधिसभा–२ मा एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङ विजयी बन्नुभएको छ । उहाँले ३६ हजार ५१४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८६० प्राप्त गर्नुभएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ का दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ (क) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । आज बिहान भएको अन्तिम मतपरिणामअनुसार लिम्बूले १८ हजार ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याउनुभएको छ ।

इलाम क्षेत्र नं १ (ख) बाट एमालेका काजीमान कागाते प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अहिले बिहान ४ बजे भएको मतपरिणामअनुसार कागातेले १७ हजार ९८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क)मा एमालेका राम राना विजयी बन्नुभएको छ । उहाँले १८ हजार ३१३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका डम्बर खड्काले १५ हजार १०४ मत प्राप्त गर्नुभएको छ ।

२ (ख) मा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका धीरेन्द्र शर्मा विजयी बन्नुभएको छ । उहाँले नौ हजार र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र देवानले छ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर