Aamsanchar

आप्रवास दिवस तयारी समिति गठन

Author Image
मङ्गलवार, मंसिर २६, २०७४

काठमाडौँ, 

श्रम तथा रोजगार मन्त्रालयले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको अध्यक्षतामा आज बसेको अन्तर्राष्ट्रिय आप्रवास दिवस तयारी मूल समारोह समितिको बैठकले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेको नेतृत्वमा १९ सदस्यीय दिवस तयारी समिति गठन गरेको छ ।

तयारी समितिमा मन्त्रालयका अधिकारी, वैदेशिक रोजगार व्यवसायी संघ, तालिम प्रदायक संस्था, मजदुर संगठनका प्रतिनिधि, सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जाल, सञ्चारकर्मीलगायत सदस्य रहेका छन् ।

बैठकले वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघसंस्थाको सहभागितामा मंसिर २७ देखि पुस ३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने निर्णय गरेको हो । पुस ३ गते आप्रवास दिवसको दिन पारेर राजधानीमा बृहत ¥यालीसहित सभाको आयोजना गरिने भएको छ ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसंघले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यो वर्ष पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवास दिवस परेको छ ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार र विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाइने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर