Aamsanchar

बिर्तामोडमा तीन सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पताल बन्ने

Author Image
बुधवार, मंसिर २७, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा तीन सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पताल बन्ने भएको छ । नेपालमा नै पहिलो पटक अत्याधुनिक उपकरण सहितको क्यान्सर अस्पताल बन्न लागेको हो ।

बी एण्ड सी हस्पिटलको हाताभित्र क्यान्सरको मात्रै उपचार गर्ने उद्धेश्यले हस्पिटलको आज शिलान्यास गरको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । अढाई अर्ब रुपैंयाको लागतमा निर्माण सुरु गरेको हस्पिटलले क्यान्सर रोगीहरुलाई उपचारका लागी भारत तथा अन्य देश धाउनु पर्ने बाध्यता हटाउने विश्वास ब्यक्त गरेका छन् ।

हस्पिटलले क्यान्सरका विशेषज्ञ डाक्टरका साथ सबै प्रकारका क्यान्सरको अत्याधुनिक उपकरणका साथ उपचार गर्ने भएकाले बिर्तामोड क्यान्सर लगायत सबै प्रकारका उपचार हुने क्षेत्रको रुपमा विकास हुदै गएको बताएका छन् । ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हस्पिटलको निर्माण कार्य थालनी गरिको बी एण्ड सी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

हाल बी एण्ड सी हस्पिटल भित्रै छुट्टै रुपमा क्यान्सरको उपचार भइरहेपनि अत्याधुनिक मेसिन सहितको उपचार गर्ने उद्धेश्यले छुट्टै क्यान्सर हस्पिटलको रुपमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण थालनी गरिएको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए । नेपालमा क्यान्सरका रोगी धेरै रहेको तथा उनीहरुको उपचारमा विशेष ध्यान दिएर अस्पताल निर्माण सुरु गरिएकाले अबको ६ महिना भित्र हस्पिटलले उपचार सुरु गर्ने क्यान्सर रोग विशेषद्ध डाक्टर वीरेन्द्र यादवले बताएका छन् ।

उनका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीहरुलाई रेडिएसनको आवश्यकता पर्ने भएकाले ६ महिना भित्र उक्त सेवा सुरु गर्ने हस्पिटलले लक्ष्य लिएको छ । सबै प्रकारका क्यान्सर रोगको उपचार गर्ने उद्धेश्यले हस्पिटलले अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सकको टोली सहित उपचार गर्ने बताइएको छ । १५ कठ्ठा जग्गामा निर्माण सुरु हस्पिटलले पूर्वका सम्पूर्ण जिल्लाका साथै भारतदेखिका विरामीहरुलाई राहत मिल्ने हस्पिटलले विश्वास लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर