Aamsanchar

पत्रकार महासंघ युएईले ११औं वार्षिकोत्सव मनाउदै

Author Image
बुधवार, मंसिर २७, २०७४
[सुर्य खवास]
युएई,
वैदेशिक रोजगारिको शिलशिलामा युएईमा रहेर पत्रकारिताको क्षेत्रमा कलम चलाउने  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ युएइले आफ्नो १० औं वार्षिकोत्सव आगामी १२ जनवरी २०१८ का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई च्याप्टरको निमन्त्रणामा नेपाल बाट  प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउंले आउने अध्यक्ष भुपराज बस्यालले जानकारी दिनु भयो ।
रोजगारिको शिलशिलामा युएईमा रहेर पत्रकारितामा कलम चलाउने पत्रकारहरुको क्षमता अभिबृधीका निम्ति पत्रकारिता तालिमको आयोजना गर्ने र उक्त तालिमको व्यवस्थापनको लागि महासंघका उपाध्यक्ष लक्ष्मण खनालको संयोजकत्वमा ५ सदस्यिय समिती गठन गरेको छ । उक्त  तालिमलाई नेपालबाट पाल्नुहुने पुर्व अध्यक्ष गाउँलेले सहजिकरण गर्ने तालिम व्यवस्थापन समितिका संयोजक खनाल्ले बताउनु भयो ।

 साथै वार्षिकोत्सको अवसर पारेर बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रही लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरु मध्ये बाट एक जनालाई एफएनजे युएई अवार्डले पुरस्कृत समेत गरिने छ । अवार्ड दिन योग्य पत्रकार छनौटको लागि वैठकले अध्यक्ष भुपराज बस्याल र सचिब मेघराज सापकोटालाई जिम्मेवारी दिएको  छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर