Aamsanchar

प्रदेश एकमा बाम सरकार बन्ने पक्का

Author Image
बुधवार, मंसिर २७, २०७४

झापा ।

गत मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएसंगै प्रदेश नम्रब –१ मा बाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।

केही स्थानको मत आउने क्रममा रहेको छ । मुलुकका सात प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने जोडघटाउ सुरु हुन थालिसकेको अवस्थामा झापा सहित पूर्वका १४ जिल्लामा बाम गठबन्धनको सरका बन्ने निश्चित भएको हो ।

प्रदेश नम्बर १ मा १४ जिल्ला छन् जसमा प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट हुन्छन् । यी मध्ये यो समाचार तयार पार्दा सम्म प्रत्यक्षतर्फको एक सिट बाहेक अरु सवै सिटको नतिजा सार्वजनिक भैसकेको छ ।

यो प्रदेशमा एमालेले प्रत्यक्षतर्फ नै ३६ वटा सिट जितेको छ भने माओवादी केन्द्रले १० सिट जितेको छ । माओवादी र एमालेको सिटसंख्या जोड्दा ४६ सिट हुन्छ । यो प्रदेशमा बहुमतको सरकार गठन गर्न ४७ सिट र दुईतिहाई बहुमतको सरकार बनाउन ६२ सिट आवाश्यक छ । यसरी प्रत्यक्षबाट मात्रै हेर्दा दुई पार्टीले सहजै बहुमतको सरकार बनाउने देखिएको छ ।

मुख्य मन्त्री को ?
मत परिणाम सार्वजनिक भएसँगै यो प्रदेशमा कुन पार्टीका नेता मुख्यमन्त्री बन्छन् भन्ने सर्वसाधारणमा चासो र चर्चा समेत हुन थालेको छ । यद्यपी दलहरुले भने यसवारे औपचारिक मुख खोलिसकेका छैनन ।

तर, निर्वाचनअघि भने एमालेका तर्फबाट यसअपघि सुचना तथा सञ्चारमन्त्री समेत भइसकेका शेरधन राईले प्रदेशसभातर्फ निर्वाचन लडेपछि उनैलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा चर्चामा ल्याएको थियो । राइले भोजपुर प्रदेशसभा ‘ख’ बाट चुनाव जितिसकेका छन् ।

कहाँ होला तोकिएला प्रदेशराजधानी ?

प्रदेश नम्बर–१ को राजधानी कहाँ तोक्ने भन्ने विषयले पनि प्राथमिकता पाएको छ । निर्वाचन पूर्व दलका उम्मेद्वारहरुले आफ्नो क्षेत्र प्रदेशको राजधानीका लागी उपयुक्त हुने दाबी गर्दै प्रदेशको राजधानी बनाउने घोषणा गरेकाले पनि अहिले यो विषयले चर्चा पाएको छ ।

विराटनगर, धनकुटा, इटहरी लगायतका स्थानलाई नेताहरुले प्रदेशको राजधानीको रुपमा घोषणा गर्ने नेताहरुले बताएकाले पनि प्रदेशको राजधानीले चर्चा पाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)