Aamsanchar

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
बुधवार, मंसिर २७, २०७४

उर्लाबारी, 

मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ३६ वर्षीय पैदल यात्री निलम पाण्डेको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ–९ बस्ने २० वर्षीय मोहनकुमार श्रेष्ठ घाइते भएकाले उहाँको अरनिको हस्टिपलमै र पछाडि सवार २२ वर्षीया निशा गुरुङको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर