Aamsanchar

खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो

Author Image
बुधवार, मंसिर २७, २०७४

खोटाङ, 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४३३, संघीय समाजवादी फोरम नेपालले दुई हजार ४०५, राप्रपाले ९३२, नयाँ शक्ति नेपालले ७२७, नेकपा मालेले ५६६ र राप्रपा (प्रजातान्त्रिक)ले ३०६ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ एमालेले २१ हजार ३४९, काँग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले तीन हजार १७२, संघीय समाजवादीले दुई हजार १४१ र नेकपा मालेले ९६९ मत पाएको छ ।

यस्तै, नयाँ शक्तिले ७५४, राप्रपा (प्रजातान्त्रिक)ले ६६८, राजपाले ४०४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५५४ र (ख) मा ३४ हजार ६९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ सात हजार ८५९ र प्रदेशसभातर्फ दश हजार ५४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा सात हजार ७८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)