Aamsanchar

पेटीमा फोहोरको डंगुर पैदल यात्री सडकमा हिडन बाध्य

Author Image
बिहिवार, मंसिर २८, २०७४

झापाको मुख्य सहर विर्तामोड नगरमा थुपारिएको फोहोर । देशका ठुला सहरहरु नगरपालिका बन्ने हल्ला संगै विर्तामोड पनि नगरपालिका बन्न सके विर्तामोडको मुहार फेरिन्थ्यो होला भनेर स्थानियहरुले राजनिति र सामाजिक रुपमा नगर बनाउन पहल कदमी अघि बढाए । प्रतिफल स्वरुप विर्तामोड नगरपालिका बन्यो, तर विर्तामोडको स्वरुपमा भने केही परिवर्तन आउन सकेन, पुरानै समस्या ज्यूकातिउ रहयो ।

कर्मचारीले चलाएको नगरले जनअपेक्षा अनुसार काम गर्न सकेन भनरे चौतर्फी आवाज उठिरहेको वेला स्थानिय चुनावको चहलपहल सुरुभयो सोही समयमा सर्वसाधारण जनाता फेरी अव चै विर्तामोड व्यवस्थित हुने भयो भनेर हौसिएर नगरप्रमुख बनाउन चुनावमा सरिक भए र नगरले जनप्रतिनिधी पनि पायो तर विर्तामोडले अहिले सम्म ठोस कुनै परिवर्तन पाउन सकेको छैन ।

अहिले आएर फोहोर लगयतको विभिद समस्या भने पहिको भन्दा विकराल समस्या बनेको छ । अव पनि नगरपालिकाले बिर्तामोड स्वक्ष सहर बनाउन कुनै कदम अघि नसारेको देख्दा स्थानियले कस्को आशा गर्ने ?  कस्ले बनाउछ विर्तामोडलाई ? कहिले बन्छ विर्तामोड ? जन जनको प्रस्न छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)