Aamsanchar

सवारी दुर्घटनामा एकको मृत्यु तीन घाइते

Author Image
शुक्रवार, मंसिर २९, २०७४

झापा,

पूर्व – पश्चिम राजमार्ग अन्र्तरगत झापाको शिवसताक्षी – १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा शिवसताक्षी–९ निवासी २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । प्रहरी निरीक्षक राईका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको वा १० च ९७१८ नम्वरको मारुती भेनमा विपरित दिशाबाट आउदै गरेको मे ६ प २३३३ नम्वरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो ।

दुर्घटनामा परी भेनमा सवार बिर्तामोड–५ निवासी ३१ वर्षीय राजु दाहाल, उनकै श्रीमती २८ वर्षीय अञ्जना दाहाल र सोही ठाउँ निवासी ३६ वर्षीय गीता कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर