Aamsanchar

सर्पले डसेर एकको मृत्यु

Author Image
शनिवार, असार १८, २०७३

उदयपुर:

snake

मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ।

उदयपुर जिल्लाको जोगिदह गाविस-४ घर भई गाईघाट-२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको हो।

आफ्नो घर जोगिदहमा गएर भान्साघरको चुलो लिपपोत गर्ने क्रममा चुलोमुनि प्वालमा लुकिरहेको गोमन सर्पले चौधरीलाई डसेको थियो।

सर्पले डसेलगत्तै चौधरीलाई उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि विराटनगर लगिएको स्थानीय दीपक चौधरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर