Aamsanchar

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

Author Image
शुक्रवार, मंसिर २९, २०७४

पाल्पा, 

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ । पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा जिल्लाका बगनासकाली गाउँपालिका–६ यम्घामा कुटिडाँडा नजिकैको कालीगण्डकी कोरिडोरको सडक विस्तारका क्रममा एक्सकाभेटर पुरिएको हो ।

सहचालक सिंहले एक्सकाभेटर चलाइरहेकाले उनी माटोमा पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा सहचालकको चप्पल भेटिएको छ । चालक भने चिया पिउन बसेकाले दुर्घटनाबाट जोगिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर