Aamsanchar

दुर्घटनामा एकको मृत्यु

Author Image
सोमवार, पौष ३, २०७४

 बिर्तामोड ,

पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड चारपाने सडक–खण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री भारत सितामाने घर भएका मोहम्मद मेबुलाई ठक्कर दिई अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

सोहि क्रममा बिपरित दिशाबाट आईरहेको मे १ च ५१५१ नम्बरको कारले ठक्कर दिँदा घाईते भएका मोटरसाइकल चालक बिर्तामोड–२ चारपानेका २७ बर्षीय बाशुदेव अधिकारीको उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ठक्करपछि कार चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर