Aamsanchar

सहाराद्वारा बाँसको कार्यशाला

Author Image
सोमवार, पौष ३, २०७४

बिर्तामोड।

सहारा नेपालले आइतवार बाँस सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

बाँस सम्बन्धी जानकारहरुलाई एक ठाउँमा भेला गरेर सहारा नेपालले सो कार्यशाला गरेको हो । जिल्ला वन कार्यालय झापाका अधिकृत देवेन्द्र उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहाराकी पुष्पाञ्जलि सिन्हा, प्रगति श्रेष्ठ, बाँस सम्बन्धी जानकार सुरज निरौला लगायतले बाँसको उपयोगिता र महत्वका बारेमा प्रष्ट्याएका थिए ।

ह्याविटाटसँगको सहकार्यमा सञ्चालन गरेको बाँस उद्यम कार्यक्रम अन्तर्गत अहिलेसम्म के कति काम भए र कति व्यक्तिले बाँसको व्यवसाय सञ्चालन गरिरहेका छन् त्यसबारेमा पनि कार्यक्रममा जानकारी दिइयो ।

बाँसको प्रयोग कसरी गर्ने, रोपण गर्ने स्थान कस्तो हुनुपर्छ र उपयोगिता के छ भन्ने जानकारी दिन सहाराले बाँस सम्बन्धी कार्यक्रम गाउँस्तरसम्म पु¥याएको छ । सहारा नेपालले झापालाई बाँसको राजधानी बनाउने अभियान चलाएको सिन्हाले जानकारी दिइन् । सहाराले झापाको पाँचवटा सामुदायिक वनसँग मिलेर बाँस रोपण कार्य सम्पन्न गरिसकेको छ । तीन ठाउँमा बाँसबाट विभिन्न सामग्री उत्पादन गर्ने व्यवसाय चलाएको छ ।

महिला व्यवसायीलाई संलग्न गराएर निर्माण गरिएका बाँसका सामग्री समेत कार्यशालामा प्रदर्शन गरिएको थियो । कार्यक्रममा महिलाले उत्पादन गरेका सामग्री निकै उपयोगी रहेको जानकारी दिइयो । सहाराका कर्मचारी लक्ष्मी भण्डारीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिनाले गरेका थिए । कोषाध्यक्ष श्यामकुमार प्रधानले स्वागत गरेको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्र, भू–संरक्षण कार्यालयका नगेन्द्र साह, रामबहादुर माझी लगायतले सहाराको बाँस उद्यम कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बाँस रोपण गर्नु अघि गरिने उपचार विधी, बाँसको खेतीबाट गर्न सकिने बाढी पहिरो नियन्त्रण लगायतका विषय समेटिएको सामग्री प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर