Aamsanchar

फाउण्डेशनले बाँड्यो न्यायो कपडा

Author Image
सोमवार, पौष ३, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी,

जाडो मौसम बढेसंगै शिवसताक्षीको एक संस्थाले एक सामुदायिक विद्यालयका ७० भन्दा बढी बिद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

विगत ३ वर्षअघि शिक्षा क्षेत्रलाई लक्षित गरी स्थापना भएको कैलाश शिखर फाउण्डेशनले शिवसताक्षी १० स्थित श्रीजंग प्राथमिक विद्यालयका वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यायो कपडा (स्वीटर) वितरण गरेको हो ।

शिक्षा क्षेत्रसंग सम्बन्धित रहेर स्थापना भएको सो संस्थाले सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तकसंग सम्बन्धित पुस्तक वितरण, अति विपन्न तथा सीमान्तकृत समुदायका लागि छात्रवृत्ति वितरण गर्ने जस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

न्यायो कपडा वितरण गर्दै फाउण्डेशनका संस्थापक अध्यक्ष कैलाश वनेमले आगामी दिनहरुमा शिक्षाबाट वञ्चित भएका विभिन्न समुदायलाई लक्षित गर्दै नगर, क्षेत्र र जिल्ला हुँदैं देशभरनै सामाजिक सेवा गर्ने लक्ष्य रहेको बताए ।

समाजसेवी गणेश मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० की महिला वडा सदस्य कमला विक, सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडी, पदम कुँवर, अनिल ओलीले फाउण्डेशनले गरेको कार्यको प्रशंसा गरेका थिए ।

संस्थाका सदस्य सञ्जय योङ्गहाङ्गले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक राम प्रसाद योङ्गहाङ्गको रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर