Aamsanchar

कर्मचारी आफै कर संकलनमा जुटे

Author Image
सोमवार, पौष ३, २०७४

ताप्लेजुङ, 

चार पटकसम्म ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारी आफै कर संकलनमा जुटेका छन् ।

ढुंगा, गिट्टी र बालुवा निकासी कर संकलनका लागि ठेक्का आह्वान भए पनि ठेक्का नलागेपछि कर्मचारी आफैँले सदरमुकाम नजिकैबाट निकासी कर संकलन गर्न थालेका हुन् ।

सदरमुकाम फुङ्लिङस्थित मेची राजमार्गमा पर्ने सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोष्ट नजिकै बसेर संकलन गर्न थालिएको स्थानीय विकास अधिकारी नरहरि भण्डारीले जानकारी दिनुभयो । साउन, भदौ र असोज महिनाबाहेक अन्य नौ महिना कर उठाउने गरिन्छ । साउन, भदौ र असोजमा ढुंगा, गिट्टी र बालुवा संकलन गर्न रोक लगाउने गरिन्छ ।

ढुंगा, गिट्टी र बालुवाबाट प्रतिट्र्याक्टर रु २५० संकलन गर्ने गरिएको छ । हाल काबेली र तमोर नदीबाट दैनिक १५ ट्र्याक्टरभन्दा बढी बालुवा सदरमुकाम भित्रने गरेकाले विशेष ध्यान दिएको भण्डारीले बताउनुभयो । सुकेटार, थेचम्बुलगायत क्षेत्रका अन्य बाटो भएरसमेत भित्रने गरेकाले ती क्षेत्रमा पनि कर संकलन गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

यता विगतका वर्षमा कर संकलनका लागि ठेक्का आह्वान गर्नासाथ ठेकेदारको भीड लाग्ने गथ्र्यो । स्थानीय ठेकेदारले ठेक्का लिएर दोखुको बहानन्दे, हेलिप्याडबाट कर संकलन गर्दै आएका थिए । तर अहिले ढुंगा, गिट्टी र बालुवाको कर संकलनमा भन्दा पनि ठूलाठूला कामको ठेक्कामा ठेकेदारको ध्यान जान थालेकाले ठेक्का नलागेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर