Aamsanchar

झापामा आदिबासी जनजाती महोत्सवको आयोजना

Author Image
सोमवार, पौष ३, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा प्रदेश नम्बर–१ प्रथम नेपाल आदिबासी जनजाती महोत्सब २०७४ आयोजना हुने भएको छ ।

यही पौष १३ गते देखि २५ गते सम्म बिर्तामोडको सुगम पेट्रोल पम्पको दक्षिण पट्टि खाली ठाउँमा आयोजना हुने महोत्सबमा आदिबासी जनजातिको भाषा, संस्कृति, उद्योग, ब्यापार, मनोरन्जन, कृषि र पर्यटनको बिकास र पहिचान गर्न सहयोगी हुने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजना र सस्कृति पर्यटन मन्त्रालय सिहदरबार काठमाण्डौको सहयोगमा सो १३ दिने महोत्सबको आयोजना गरिएको नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष गोपाल राईले जानकारी दिए ।

बिर्तामोडका करिब २० जातजातिको छाता संगठनको रुपमा रहेको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडले जातिय संस्कृति संरक्षण गर्न र बिर्तामोडलाई पर्यटकीय नगरीको रुपमा चिनाउन महोत्सब सहयोगी बन्ने अपेक्षा राखेको छ । महोत्सब संचालन गर्न एक मुल समिति र ७ वटा उप–समिति गठन गरिएको छ । जातिय स्टल २० वटा गरि जम्मा १ सय ५० वटा स्टल रहने नगर समन्वय समितिका पूर्व अध्यक्ष पदम तामाङले जानकारी दिए ।

यसका साथै दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । यसका साथै बिभिन्न बिद्धाका खेलकुद प्रतियोगिता समेत आयोजना गरिने महोत्सब प्रचार÷प्रसार समितिका अध्यक्ष सिवन सोराली मगरले जानकारी दिए ।

महोत्सब सम्पन्न गर्न करिब २५ लाख लाग्ने र ९ करोड बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सबबाट संकलित रकम आदिबासी जनजाती महासंघ नगर समन्वय परिषदको भवन निर्माण र सास्कृतिक सग्राहालय बनाउन प्रयोग गरिने नगर समन्वय समितिका सल्लाहार सदस्य बिरेन मेचेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर