Aamsanchar

सपनामा सेक्स गरेको किन देखिन्छ ?

Author Image
बिहिवार, पौष ६, २०७४

एजेन्सी,

यदि तपाईं आफ्नो पति बाहेक कुनै अरु व्यक्तिसंग सहवास गरेको सपना देख्नु भयो भने त्यसको माने या अर्थ के हुन्छ ? कहिल्यै सोंच्नु भएको छ ? के सहवास गरेको सपनाको अर्थ तपाईंको  केहि सम्वन्ध राख्दछ ? विज्ञ बताई रहेका छन् कि सामान्यतया पांच किसिमका सहवासका सपनाको मतलब के हो ।

यौनविज्ञ भन्छन् यदि तपाईले सपनामा आफ्नो पति या प्रेमीका साथ सेक्स गर्नुहुन्छ भने यसको दुई अलग अलग अर्थ हुन्छ । या त तपाईंको रिलेशनशीम राम्रो छ या तपाईंलाई आफ्नो पार्टनरबाट त्यो सबै सुख प्राप्त भएको छैन जुन तपाईं चाहिरहनु भएको छ । सेक्सोलोजिस्ट केतन परमारको भनाईंमा यदि यस्तो सपना आयोभने एकपटक आफ्नो पार्टनरसंग (सहयात्री) सल्लाह गरेर यसको कारण जान्ने कोशिश गर्नु आवश्यक छ ।

यदि तपाईं पूर्व प्रेमीका साथ सेक्सको सपना देख्नुहुन्छ त यौनविज्ञ आनन्द तिवारीका अनुसार हुनसक्छ पूर्व प्रेमीसंग तपाईंको सेक्स लाईफ निकै राम्रो रहेको हुनसक्छ । हुनसक्छ तपाईले नयां प्रेमी (पार्टनर)को तुलना पूर्व प्रेमीसंग गर्नुहुन्न तर तपाईको अचेतन मन यस्तो गर्छ । यदि तपाई एक्लो हुनुहुन्छ भने यसको अर्थ हुन्छ तपाईले सेक्स मिस गरिरहनु भएको छ या प्रेमीलाई मिस गरिरहनु भएको छ ।

यदि तपाई आफुले मन पारेको अभिनेता वा स्टारसंग सेक्स गरेको सपना देख्नुहुन्छ भने डा परमारका अनुसार यसको सोझो माने हुन्छ कि तपाईं तपाईको पार्टनरमा अरुपनि धेरै कुरा खोजिरहनु भएको छ । तपाई त्यस स्टारको लुक र सक्सेसलाई आफ्नो पार्टनरको खुबीसंग तौली रहनु भएको छ ।

यदि तपाई स्वयं कुनै युवतीका साथ अन्तरंग सम्वन्ध स्थापित गरेको सपना देख्नुहुन्छ भने डा. परमारका भनाईमा यदि तपाई सेक्सका बारेमा यो सोच्नुहुन्छकि तपाईको चाहना स्टे्रट पुरुष पार्टनर नै हो तपाईको यो भ्रम हो ।

यदि यसतो सपना बारम्बार आईरह्यो भने या तपाईलाई लाग्याकि तपाईको बास्तविक जीवनमापनि युवती प्रति आकर्षित महसूस गर्नुहुन्छ भने यसको मतलब हुन्छ तपाईले आफ्नो सेक्स प्राथमिकताका विषयमा पुनर्विचार गर्नु आवश्यक हुन्छ । डा परमार योपनि भन्नुहुन्छकि यस सपनाको अर्थ एक प्रकारले योपनि हो कि तपाईको पार्टनर तपाईप्रति विशेष चासो लियोस र विनमै रहोस ।

तपाईले तपाईको पार्टनरलाई धोखा दिएको सपना देख्नु हुन्छ भने तपाईका निम्ति यो निकै डिस्टर्बिंग हुनसक्छ । यसतो सपना अक्सर त्यसबखत आउछ जब तपाईको रिलेशनशीपमा कुनै ठूलो परिवर्तन हुन गैरहेको हुन्छ ।

यस सपनाको अर्थ तपाईले  जीवनमा हुन गैरहेको ठूलो परिवर्तनलाई बुभुन सकिरहनु भएको छैन र तपाई सोंचिरहनु भएको छकि भविष्यमा कसरी चिजहरुको व्यवस्था गर्नुहुन्छ । यस सपनाको अर्को अर्थ यो होकि तपाईलाई आफ्नो पार्टनरकासाथ प्रयाप्त समय मिलिरहेको छैन र तपाईंलाई उसको साथ इमोशन बोडिङको आवश्यक छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)