Aamsanchar

बालिकालार्इ बगायो खोलाले,एक पक्राउ

Author Image
आइतवार, असार १९, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङको कटहरी–८ स्थित जुडी खोलाले बगाएर शनिबार बेलुका एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय सतालु ऋषिदेवको १३ वर्षीया छोरी पारुकुमारी ऋषिदेवको खोला तर्ने क्रममा बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषधसहित एक पक्राउ

मोरङको विराटनगर–२१ बाट सशस्त्र प्रहरीको टोलीले शनिबार साँझ लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजार जोगवनीबाट नेपाल आउँदै गरेका विराटनगर–८ का अनिल कामतलाई भन्सार कार्यालयको २ नम्बर ढाटबाट पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट लागुऔषध एभिल ५२ एम्पुल, नोरजेसिक ५२ एम्पुल र डाइजेल्याभ ५२ एम्पुल बरामद गरेको छ ।

लागुऔषधसहित पक्राउ परेका कामतलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर