Aamsanchar

मिस एसएलसीका प्रतियोगी सेवामा

Author Image
शनिवार, वैशाख २५, २०७३

13148032_982880068427257_2036726584_o
बिर्तामोड ।
मिस एसएलसी झापा २०१६ का प्रतिस्पर्धीहरुले शुक्रबार परोपकार तथा सेवा केन्द्र बिर्तामोडद्धारा सञ्चालित बृद्धाश्रमका आमाहरुलाई खाध्यन्न तथा लत्ताकपडा बितरण गरेका छन् । मातातिर्थ औासीको अवसर पारेर उनीहरुले सेवामुलक काम गरेका हुन्् । ड्म्सि वल्र्ड इण्टरटेण्टमेण्टको आयोजनामा बिर्तामोडमा भईरहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीलाई कोठा भित्रमात्रै समिति नराखेर बाहिरी गतिबिधीमा समेत सरिक गराईएको निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो । प्रतिस्पर्धीहरु यस अघि टफिक सचेतना मुलककाममा सकृय भएका थिए भने भोलि शनिबार चारआलीको पाउ पाथिभारा मन्दिर सरसफाईमा खट्ने छन् । एसएलसी दिएर बसेका बिद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व बिकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फिनाले जेठ ३ गते बिर्तामोडमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर