Aamsanchar

सोह्र वर्षपछि चिज केन्द्रको पुनःस्थापना

Author Image
आइतवार, असार १९, २०७३

पाँचथर।
43e46d3ed0caabfe17d5db1b3126de53

द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ ।

विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन गर्ने उद्देश्यले चिज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भुजेलले बताउनुभयो ।

चिज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपुर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको मूल्य राम्रो पाउन थालेको स्थानीयवासी दीपेन्द्र सुब्बाले बताउनुभयो ।
दुग्ध विकास संस्थानले २०५४ सालमा स्थापना गरेको गोपेटारको चिजउत्पादन केन्द्र तीनवर्ष सञ्चालनमा आएपछि बन्द भएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)