गायिका कमलाको ‘याद आयो’ बजारमा

[अनिल वाग्ले]

झापा,

प्राय चकलेटी गीत पस्किरहने गायिका कमला सापकोटा यतिवेला आफ्नो सेन्टिमेन्टल गीतका साथ बजारमा आएकी छिन् । ‘डार्लिङ’, ‘अलि अलि उमेर मेरो ढल्किएर के भो ?’ जस्ता धेरै चकलेटी गीत पस्किसकेकी गायिका सापकोटाले यो पटक ‘याद आयो’ नामक गीत सार्वजनिक गरेकी हुन् ।

नृत्य र गायनमा गतिलो दख्खल राख्ने गायिका सापकोटाले ‘याद आयो’ गीत मार्फत आफूलाई सेन्टीमेन्टल गायिकाका रुपमा पनि उभ्याएकी छिन् । उनी भन्छिन् ‘मलाई दर्शक स्रोताको भावना अनुरुपको प्रस्तुति दिन मल लाग्छ, धेरैले सेन्टिमेन्टल गीतको अपेक्षा गर्नु भएको थियो, मैले त्यहि अनुरुपको कोशेली बजारमा ल्याएकी छु, धेरैले माया गर्नुभयो । ’

उनले यस गीत आफ्नै लाइट हाउस पोडक्सनबाट तयार गरेको बताएकी छिन्। पप स्टार सञ्जीव सिंहको शब्द संगीत रहेको गीतको म्युजिक एरेन्ज दिनेश सुमनले गरेको छन् ।

झापाली गायिका सापकोटा यतिवेला काठमाडौंमा बसेर सांगेतिक यात्रालाई निरन्तरता दिइरहेकी छिन् । वेली डान्सरका रुपमा पनि चिनिएकी उनी नृत्य गायनमा जमिरहेकी छिन् भने सांगेतिक यात्रालाई थप उचाईमा पुर्याउन उनले हालै आफ्नै लाइट हाउस प्रोडक्सन समेत सञ्चालनमा ल्याएकी छिन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com