Aamsanchar

मूल्य नपाउँदा किसान चिन्तित

Author Image
बिहिवार, पौष १३, २०७४

मोरङ, 

घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा हाल प्रतिकिलो रु ३० मा बिक्री गरिरहेका छन् ।

लेटाङ– ८ र ९ को झण्डै दुई सय बिगाहा जग्गामा किसानले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । मुख्य आम्दानीको स्रोत नै तरकारी खेती भए पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।

बजारमा हाल गोलभेँडा प्रतिकिलो रु ६० मा बिक्री भइरहेको छ । तर व्यापारीले किसानलाई प्रतिकिलो रु १५ देखि रु २० सम्म मात्र दिने गरेका छन् । किसानले घिउ सिमी प्रतिकिलो रु ३० मा बिक्री गरेपनि उपभोक्ताले प्रतिकिलो रु १२० मा किन्ने गरेका छन् ।

लेटाङ–८ का निरज पाण्डे भन्नुहुन्छ, “बिचौलिया र कार्टेलिङ गर्ने ब्यापारीलाई राज्यले कारवाही गर्नुपर्छ ।” पाँच कट्ठामा गोलभेँडा खेती गरिरहनुभएका पाण्डे थप्नुहुन्छ, “खेती गर्दा प्रतिकट्ठा रु १० हजार खर्च हुन्छ । गत वर्ष यही याममा प्रतिकिलो रु ४० मा बिक्री भएको गोलभेँडा यस वर्ष रु २० मा पनि बिक्री हुन् सकेको छैन ।”

लेटाङ–८ का टेकबहादुर निरौलाले यस वर्ष सात कट्ठा जग्गामा घिउ सिमी र तीन कट्ठामा गोलभेँडा खेती लगाउनु भएको छ । तर यस वर्ष लगानी नउठ्ने उहाँको चिन्ता छ । आफूले प्रतिकिलो रु २५ मा बिक्री गरेको घिउ सिमी रु रु १२० मा बिक्री भइरहेको निरौला बताउनुहुन्छ ।
लेटाङको ८ र ९ नं वडामा मात्र गत वर्ष रु तीन करोडको तरकारी बिक्री भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)