Aamsanchar

महिलाहरु पुरानै ब्रा लगाउन रुचाउंछन्

Author Image
आइतवार, असार १९, २०७३

एजेन्सी –

image-23

एउटी महिलाको वार्डरोबमा भलै दर्जनौ ब्रा होस् । तर, उनीहरु लगाउँछन् भने दुई वटा मात्र । एउटा ताजा सर्वेका अनुसार अधिकांश महिलासँग दर्जनौ ब्रा हुने गर्दछ ।

तर, उनीहरु त्यसमध्ये दुई वटा मात्र लगाउन मन पराउँछन् । सर्वेका क्रममा कयौ महिलाले स्वीकार गरे कि उनीहरुसँग नयाँ ब्रा छ। तर उनीहरु त्यो लगाउन मन पराउँदैनन् । उनीहरुलाई पूरानो ब्रा लगाउँदा नै आराम महशुस हुने गर्दछ र त्यसैका साथ सहज महशुस गर्दछन् ।

Queen’s corsetiere, Rigby & Peller ले गराएको एउटा सर्वेका अनुसार महिलाहरु हरेक दिन नयाँ ड्रेस त लगाउन चाहन्छन् तर नयाँ ब्राका विषयमा उनीहरुको मनमा झन्जट हुने गर्दछ । उनीहरु त्यही पुरानो ब्रा, खुकुलो भइसकेको ब्रा नै सबैभन्दा बढी मन पराउने गर्दछन ।

सर्वेका क्रममा करिब दुई हजार महिलासँग उनीहरुको मनपर्ने ब्राका विषयमा प्रश्न गरिएको थियो । दुई हजारमध्ये अधिकांश महिलाले दराजमा नयाँ ब्रा भए पनि उनीहरुले पुरानै लगाउने गरेको बताए । हरेक दशमध्ये ६ जना महिलाले पुरानो ब्राको विषयमा आफूहरु निश्चिन्त रहने गरेको बताए । तर नयाँ ब्राका विषयमा उनीहरु आश्वस्त नहुने सर्वेको ठहर छ ।

Rigby & Peller को स्थापना सन् १९३९ मा भएको थियो । उसका अनुसार अधिकांश महिलाका दराजमा प्रयोग नगरिएको ब्रा हुने गर्दछ । यसको सबैभन्दा ठुलो कारण साइज हुने गर्दछ । अधिकांश महिलालाई आफ्नो सही साइजका बारेमा जानकारी हुँदैन ।

यद्यपि एउटै ब्रा सधैं लगाउनु वा रोटेशन ब्रा लगाउनु खतरनाक पनि हुन सक्दछ । यसो गर्ने महिलाहरुमा साइजको समस्या हुन सक्दछ । उनीहरुले त्यो सपोर्ट पाउन सक्दैनन् जुन ब्रा लगाएपछि उनीहरुले महशुस गर्नुपर्ने हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर