Aamsanchar

शत्रु गतेको ‘रुपै मोहनी’

Author Image
शनिवार, पौष १५, २०७४

झापा ।

आगामी चैत ९ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘शत्रु गते’को एउटा गीत भने शुक्रबार रिलिज भएको छ । चलचित्र शत्रु गतेको ‘रुपै मोहनी’ बोलको गीत रिलिज भएको हो । रिलिज भएको केही घण्टामै यो गीतलाई युट्युवमा हजारौँले हेरिसकेका छन् ।

गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, चर्चित नायिका प्रियंका कार्की, दीपाश्री निरौला, आँचल शर्मा, दिपकराज गिरी, पल साहसम्मले नाचेका छन् ।
पछिल्लो समय नेपाली चलचित्रका गीतमा स्वर तथा संगीत दिएर चर्चामा आएका गायक एवम् संगीतकार टंक बुढाथोकीले यी कलाकारलाई छम्छमी नचाएका हुन् । झापाको पाँचगाछी स्थायी घर भएका गायक बुढाथोकीले अहिलेसम्म दुईसय भन्दा बढी गीतमा आवाज दिइसकेका छन् ।

‘काली तिम्रो नजरैमा’, ‘घन्टी बज्यो’ जस्ता डान्सिङ गीत गाएर चर्चित बनेका गायक बुढाथोकी पुतलीसडकस्थित ‘स्टुडियो नाइन्’का सञ्चालकसमेत हुन् । टंकले चलचित्र हिम्मतवालीको काली तिम्रो नजरैले बोलको गीतमा नायिका रेखा थापालाई पनि नचाइसकेका छन् ।

‘अग्रज कलाकारसँग काम गर्न पाउँदा एकदमै खुशी छु,’ टंकले भने, ‘मेरा अरु गीतहरुजस्तै शत्रु गतेको यो गीत पनि चर्चित हुन्छ भन्नेमा ढुक्क छु ।’
सत्रु गते युनिटले यो गीतका लागि मात्रै तीन दिनसम्म छायांकन गरेको र झण्डै १५ लाख रुपैयाँ खर्च भएको बताइएको छ । यस गीतमा चलचित्रका प्रायः कलाकार समेटिएका छन् । लोकराज अधिकारीको शब्द तथा टंक बुढाथोकीको संगीतमा बनेको गीतमा गायक बुढाथोकी र मिना निरौलाको स्वर छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र शत्रु गतेको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर