संगीताको यादमा यसरी रोए रमेश

झापा ।

अंग्रेजी नयाँ वर्ष २०१८को अवसरमा गायक भुपु पाण्डेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका चर्चीत गायक पाण्डेको आवाजमा रहेको गीत ‘लिला’को भिडियो सार्वजनिक गरीएको हो । गीतमा विनय ढुङ्गेलको शव्द तथा गायक स्वयमको संगीत रहेको छ ।

‘लिला’लाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् । एउटी शुन्दर युवतीमाथी गरीएको एसीड प्रहार र यसबाट निम्तिएको समस्यालाई म्युजिक भिडियोमा देखाउने प्रयास गरीएको निर्देशक लाओतीले बताए । भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र संगीता राईले अभिनय गरेका छन् ।

पुर्वको रमणीय जिल्ला झापामा भिडियोको छायाङ्कन गरीएको हो । एल्वम ‘मायावी’मा समावेश रहेको यस गीतलाई धेरैले मन पराएको र भिडियो पनि राम्रो बनेको गायक पाण्डेले बताए ।

दर्जनौ गीतहरुमा आवाज भरेका पाण्डेका प्राय सबै गीतहरु चर्चित छन् । ‘चम्पा’, ‘एसेप्ट गर’, ‘सुरुमै काम सोधे’ ‘राम्रीले वितायो’ लगायतका गीतहरु उनका चर्चा बटुल्न सफल गीतहरु हुन् । अर्जुन सापकोटाको छायाङ्कनमा तयार पारीएको यस म्युजिक भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com