संसारका उत्कृष्ट सेक्स बजार, जहाँ विश्वका पर्यटक पुग्ने गर्छन

 सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको पाईन्छ ।

सेक्सलाई व्यवस्थित गर्न विभिन्न कानुन समेत बनाईएका छन् । विश्वका विकसित मुलुकले यसलाई व्यवस्थित गर्न तथा पर्यटकलाई आर्कषित गर्न सेक्स पर्यटनको अवधारण नै ल्याएका छन् । विश्वका केही यस्ता देश छन् ,जहा सेक्सको लागी खुल्ला बजारको व्यवस्था नै गरिएका हुन्छन् । सेक्स मार्फत पर्यटकहरुलाई आर्कषित गर्न यस्ता योजनाहरु ल्याएका छन् । हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार

डोमेनिकन रिपब्लिक:

dominican-republic-1
क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।

डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।

कम्बोडिया:

xsex-tourism-jpg-pagespeed-ic-kn7uw_nh04
देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।

कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।

नेदरल्यान्ड्स:

453038158

यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।

आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् ।

यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।

केन्या:

22

केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।

१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।

ब्राजिल:

bachelor-party-costa-rica-jaco
ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् ।

ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।

फिलिपिन्स:
Philippinoफिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् ।

फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।

इन्डोनेसिया:
464716-indonesia-red-light-area

बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।

इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।

स्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।

म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।

थाइल्यान्ड:

thailand
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुल्ला छ । बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत  सेक्स शो त्यहाँ देखाइन्छ ।

बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो । साभार टिभी अन्नपूर्ण

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com