Aamsanchar

विदेश पठाइदिने भनी ठगी गर्ने दुई पक्राउ

Author Image
आइतवार, असार १९, २०७३

काठमाडौँ । देश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौँ धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ दिने भनी ठगी गर्ने धादिङका ३३ वर्षीय यमन तामाङलाई पक्राउ गरेको हो ।

आरोपी पण्डितले भूकम्पपीडितको कोटा आएको छ भनी काठमाडौँ बूढानिलकण्ठ नगरपालिका–१७ का मच्छे श्रेष्ठलाई विश्वास दिलाई पटक÷पटक गरी रु २२ लाख लिई दक्षीण अफ्रिकासम्म पु¥याई अलपत्र पारी फरार भएका थिए ।

त्यसैगरी, तामाङ्ले धादिङ मैदी–७ का देउबहादुर गुरुङलाई आकर्षक तलबको लोभ देखाइ अफगानिस्तान पठाईदिन्छु भनी पटक÷पटक गरी रु पाँच लाख ५० हजार लिई दुवईमा पु¥याएर अलपत्र पारेका थिए ।

बानेश्वरबाट पक्राउ गरिएका पण्डित र नयाँ बजारबाट पक्राउ परेका तामाङ दुबैलाई ठगी मुद्दामा थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर