किन प्रयोग गरिन्छ सालको पात, कारण यस्तो छ

झापाको अर्जुनधारा नगरपािलकामा रहेको दहिझोडा सामुदायिक वनमा सालको पात टिप्दै एक जेष्ठ महिला ।

साल, नेपाल र भारतकोलागि एउटा महत्वपूर्ण कडा काठको श्रोत हो । यो काट्दा हल्का रँगको हुन्छ तर पछि समय बित्दै जाँदा गाडा कलेजी रँगको बन्छ । यसको काठ खोटोयुक्त र बलियो हुन्छ, निर्माण कार्यमा यसको असाध्यै महत्व हुने गर्छ यद्दपी यसलाई रन्दा लगाएर सम्माउन र रँगरोगन गरेर टलकाउन भने त्यति उपयुक्त हुँदैन । नेपालको तराईमा यसलाई घरको खम्बा, ढोका र झ्यालको फ्रेम, घरको छानाको कैंची,सिँडि,गोरुगाडा, हलो, हरिस, फर्निचर र अन्य धेरै कामकोलागि सालको काठ प्रयोग गरिन्छ ।

सालका पात टपरी र दुना बनाउन प्रयोग गरिन्छन । पान पोको पार्न , चना, चटपटे, पानीपुडी आदि खानकोलागि पनि सालको पातको प्रयोग गरिन्छ । विवाह, पूजा, भोज भतेर आदिमा पनि टपरी र दुनाको प्रयोग प्रशस्तै गरिन्छ । प्रयोग पछि फ्याँकिएका पात हरु बाख्रा गाई आदिले खाने गर्छन । यसरी सालको रुखले नेपाललाई प्लास्टिक बाट हुने प्रदुशण बाट धेरै हद सम्म बचाएको छ ।

सालको खोटो पनि जम्मा गरिन्छ जसलाई सालधूप भनिन्छ । यो पूजा पाठमा धूपको रुपमा प्रयोग गरिन्छ । सालधूप आरुर्वेद मा औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

सालको फूल ९फल सहित० फागुन चैत्र तिर जमीनमा ठूलो मात्रामा खस्ने गर्छ । मानिसहरु यसलाई जम्मा गर्छन । यसको फल पेलेर निस्कने तेलको दियो जलाउने वा साबुन निर्माण आदि जस्ता औद्योगिक प्रयोग पनि गरिन्छ ।

सब्द तस्वीर : विनोद पाण्डे(कमल)आमसंचार

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com