जुना प्रसाईको नयाँ गीत ताराबाजी लै लै सार्वजनिक (भिडियो हेर्नुहोस् बाल्य कालको याद आउछ )

चर्चित गायिका जुना प्रसाईको नयाँ गीत तारा बाजी लै लै सार्वजनिक भएको छ । बालापनालाई झल्काउने तारा बाजी लै लै हरेक ब्यक्तिको गाथा र कथा भएको र हरेकले भोग्ने समय र काललाई रमाइलो तरिकाले भिडियोमा उतारिएको छ । पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छिन् जुनाले।

सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको गीतलाई युवराज वाईवाको निर्देशन गरेका हुन् ।

उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् ।

 

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com