नेता नेपाल बंगलादेश प्रस्थान

काठमाडौँ, 

नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ । बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव निकेश पौडेलले जानकारी दिनुभयो । बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ ।

बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । नेता नेपाल यही माघ १ गते स्वदेश फर्कन कार्यतालिका छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com