पूर्वाञ्चलमै पहिलो पटक स्पोर्ट्स अवार्ड वितरण

चारपाने पुस २८ । आगामी माघ ७ गते पहिलो पटक झापा स्पोर्ट्स अवार्ड हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले झापाली खेलाडीको वर्षभरिको खेल प्रस्तुतिको आधारमा पिपुल्स च्वाइस अवार्ड सहित विभिन्न चार विधामा अवार्ड वितरण गर्न लागेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डका लागि छनौट समिती समेत गठन गरेको जनाएको छ । मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड वितरण गर्न लागेको हो । प्रत्येक विधामा मनोनयनमा परेका तीन जनाबाट उत्कृष्ट एकलाई कार्यक्रममा अवार्ड प्रदान गरिने छनौट समितीका संयोजक पर्वत पोर्तेलले जानकारी दिनुभयो । त्यस्तै, पिपुल्स च्वाइस अवार्ड भने झापा जिल्ला भित्रका विभिन्न खेलमा सक्रिय टिममध्ये दर्शकको भोटिङ्गको आधारमा उत्कृष्ट छनौट गरिने बताइएको छ । उत्कृष्टलाई नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मोफसलका खेलाडीलाई व्यवसायिक रुप दिन अवार्ड वितरण सुरु गर्न लागिएको मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा टाइटल स्पोन्सर समेत खोजी गरी अवार्ड वितरणलाई निरन्तरता दिने बताउनुभयो । अवार्डका लागि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य पंकजविक्रम नेम्वाङ्गले भाई आशिषको स्मृतीमा पुरस्कार राशीका लागी नगद ६० हजार सहयोग गर्नुभएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com