कनकाई खेलकुद प्रतिष्ठान द्वारा कडेल सम्मानित

चारपाने, पुष २८ । झापाको कनकाई नगरपालिका–३, मा रहेको कनकाई खेलकुद प्रतिष्ठानको बार्षिक साधारण सभा शुक्रबार सुरुंगामा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेतीको अध्यता र झापा क्षेत्र नं.४ वाट निर्वाचित सांसद एल.पी साँवाको प्रखुख आतिथ्यमा भएको कार्यक्रममा युवा समाजसेवी शिवकुमार कडेल सम्मानित भएका छन ।

बन्द निषेधित क्षेत्रको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको कनकाई नगरपालिका–३,सुरुंगामा अवस्थित कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा कनकाई मा.वि.को खेल मैदानमा आधुनिक एवं व्यवस्थित खेल मैदान निर्माण समितिको अध्यक्ष पदमा रहेर निर्माण कार्यलाई उतकृष्ट रुपमा कार्यसम्पादन गरेकोमा कडेललाई प्रतिष्ठानले सम्मान गरेको हो ।
कनकाई नगरपालिकामा रहेका विभिन्न संघ संस्थामा आवद्ध रहेर सामाजिक काममा क्रियाशिल रहदै आएका कडेल सुरुंगा जेसीजका पूर्व अध्यक्ष, पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको सचिव, रेडक्रस शरणामतीको विशिष्ट सदस्य र दर्जनौ संघ संस्थामा आवद्ध छन ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com