वीरता जेसीजको भात्री शाखामा ढकाल र भट्टराई  भए अध्यक्ष

चारपाने, पुष २८ । १८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुको संस्था नेपाल जेसीजको राष्ट्रिय अधिवेशन भए संगै देश भरिका शाखा हरुको पनि अधिवेनश हुने क्रम जरी रहेको वेला जेसीज अभियान मार्फत नेतृत्व, व्यक्तित्व विकास संगै सामाजिक कार्य गरेर समाजमा पहिचान बनाउन सफल संस्था वीरता लेडी जेसीज र सुरुंगा जेसीजमा नयाँ नेतृत्व चयन भएको छ ।

एक बर्ष एक व्यक्ति एक पद एक कार्यकाल रहने विधान भएको जेसीजमा वर्ष २०१८ का लागि वीरता लेडी जेसीज विर्तामोडको अध्यक्षमा नम्रता ढकाल र सुरुंगा जेसीजको अध्यक्षमा भीमप्रसाद भट्टराई सर्वसम्वत चयन भएका हुन ।
झापामा ३४ बर्ष अगाडी स्थापना भएर विभिन्न सामाजिक कार्यमा सक्रिय रुपमा लागि पर्दै आएको वीरता जेसीजले भात्रित्व प्रदान गरेको सक्रिय शाखाहरु मध्ये वीरता लेडी र सुरुंगा जेसीज पर्दछन ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com