अर्जुनधारामा सुरुभयो सामाजिक शिक्षाको ७ दिने प्रशिक्षण

विनोद पाण्डे(कमल)
 
चारपाने, पुष २९ ।  झापाको अर्जुनधारा नगरपालिका शिक्षा शाखाको  आयोजनामा ७ दिने लोकबाजा, लोकनृत्य, लोकगीत र चित्रकला सम्बधी तालिम सुरुभएको छ । 
शनिस्चरे माविको श्रोतकेन्द्र भवनमा सुरु भएको तालिम शनिस्चरे माध्यमिक विद्यालयका प्राचार्य श्रोत केन्द्र व्यवस्थापन अध्यक्ष भैरव पौडेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि अर्जुनधारा नगरपालिका शिक्षा विभाग प्रमुख जानुका गुरागाइँ, विशेष अतिथि श्रोत व्यक्ती भरतलालध्वज कर्णको आतिथ्य रहेको थियो । सामाजिक शिक्षा विनाको शिक्षा अधुरो हुने महसुसगरी नगरपालिकाले सुरुगरेको लोक संस्कृति सम्बधी तालिममा संस्कृति अध्ययन संस्थान नेपाल कोटेश्रवाट आउनु भएका  लोकभाका, कला संस्कृति जर्गेना गर्ने अभियानको क्रममा सयौ मौलिक लोक भाकाका गीतको भिडियो निर्माण र निर्देशन गरिसकेका   निर्देशक रामजी थापा रोचक र पूर्वेली भाकाको दर्जनौ गीत रेकर्ड गरेर राष्ट्रिय स्तरमा लोक गायकको परिचय बनाई सकेका पूर्वेली गायक भानु ओलीले तालिमको सहजीकरण गरेका छन । शनिश्चरे श्रोत केन्द्रमा आवद्ध २८ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको तालिमा सहभागी रहेको छ ।   
संस्कृति अध्ययन संस्थानले प्रदेश नं. १ का सबै स्थानिय निकाय नगरपालिका र गाउँपालिकामा  लोकबाजा, लोकनृत्य, लोकगीत र चित्रकला सम्बधी तालिम सुरुगरेको सहजकर्ता थापाले बताउनु भयो । 
 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com