दुधेमा स्वास्थ्य शिविर सम्पन्न (फोटो फिचर सहित)

चारपाने, पुष २९ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा झापाको शिबसताक्षी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएकोे छ ।
संस्थाको दुधे सेवा केन्द्रकी सदस्य हरिमाया ढकालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिरमा प्रेसर, सुगर भएका बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको संस्थाका संचालक सदस्य शुक्रबहादुर तामांगले जानकारी दिनुभयो । शिबसताक्षी बरपरका ठूलो संख्यामा आएका बिरामीले स्वास्थ्य सेवा तथाा परामर्र्श सेवा लिएको जनाइएको छ ।

बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालका डाक्टरहरु गोबिन्द कंडेल र बिप्लब कन्दंवाले स्वास्थ्य जाँच गर्नुभएको थियो । सो शिबिरमा स्वास्थ्य परिक्षण गर्न आएका बिरामीलाई १० दिनसम्मका लागि मनमोहन अस्पतालले ओपीडी शुल्क छुट गर्नुका साथै अन्य छुटको प्रबन्ध गरेको जानकारी दिइएको छ ।

सो शिबिरको उद्घाटनमा संस्थाको जीवन बरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले संस्थाले संचालन गरेका स्वास्थ्यबारेका नीति नियमका बिषयमा चर्चा गर्नुभएको थियो । सो कार्यक्रममा संचालक समितीकी उपाध्यक्ष पबित्रा सुब्बा, स्वास्थ्य उप समिती सदस्य कृष्ण गिरी, शुष्मा शाह, शुरेन्द्र प्रधान लगायतको उपस्थिती रहेको थियो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com