वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईं सम्मानित

बिर्तामोड।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं काठमाडौंमा सम्मानित भएका छन् ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च काठमाडौंले प्रसाईंलाई स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । प्रसाईंलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र प्रदान गरेका थिए ।

उनीसँगै विभिन्न ९ विधामा विशिष्ठ व्यक्तित्व सम्मानित भएका थिए । मञ्चले शिक्षा सेवातर्फ प्रकाश लक्ष्मी तुलाधार, उद्योगतर्फ रामप्रसाद गौतम, खेलकुदतर्फ बिमललाल श्रेष्ठ, पत्रकारितातर्फ उपेन्द्र शर्मा, चलचित्रतर्फ सुवास गजुरेल, ललितकलातर्फ मानबहादुर पुन, साहित्यतर्फ मदन भण्डारी र गायनतर्फ धनकुमार ड्याङ्मीलाई सम्मान गरेको छ ।

कार्यक्रम मञ्चकी अध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा भएको थियो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com