डा. केसीले बीएण्डसीको विरोध गर्नुको तुक छैन–पोख्रेल

झापा,

एकिकृत नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणी पोख्रेलले झापाको बीएण्डसी टिचिङ्ग हस्पिटललाई मेडिकल कलेज सञ्चलनका लागी अनुमति दिनुपर्ने बताएका छन् ।

बीएण्डसी मेडिकल कलेजको निरीक्षण पछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्यमन्त्रि समेत रहेका पोख्रेलले नीजि स्तरबाट खुलेको बीएण्डसी हस्पिटलले मेडिकल कलेजका लागी आवश्यक पर्ने मापदण्ड पुरा गरेकाले यस अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिनुपर्ने विचार ब्यक्त गरे ।

नीजि स्तरबाट खुलेको बीएण्डसी भौतिक, प्रविधिक तथा चिकित्सकको हिसाबले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार रहेको पाएकाले यो अस्पताललाई मेडिकल कलेजको अनुमति दिन कसैले रोकन नहुने बताएका छन् । आफु स्वास्थ्य मन्त्री भएका समयमा धेरै विषयमा काम गर्न खोजेपनि अस्थिर राजनीतिका कारण प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे ।

डा. गोविन्द केसीले राजधानी बाहिर मेडिकल कलेज नभएका स्थानमा मेडिकल कलेज खोल्नुपर्छ भनेको र मेची अञ्चलमा एउटापनि मेडिकल कलेज नभएको अवस्थामा बीएण्डसी हस्पिटल त्यसका लागी योग्य रहेकाले यसमा गोविन्द केसीले विरोध नगर्नेमा आफु विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाका सदस्य समेत रहेका पूर्वमन्त्री पोख्रेलले अब बन्ने सरकारले स्वास्थ्य र शिक्षाका क्षेत्रमा उल्लेख्य काम गर्ने घोषणा समेत गरेका छन् । स्वास्थ्यलाई पहुँच,गुण र आर्थिक आधारमा हेनुपर्ने भन्दै यी तिनै गुण बीएण्डसी हस्पिटलसंग रहेको विचार ब्यक्त गरेका छन् ।

संविधानले समेत स्वास्थ्य र शिक्षालाई मैलिक अधिकारको रुपमा लिएकाले यसको विकास र विस्तारमा लाग्नुपर्ने उनको भनाई थियो । फागुन दोस्रो सातासम्ममा नयाँ सरकार बन्ने भन्दै नेता पोख्रेलले बाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले बाम गठबन्धनकै सरकार बन्नु पर्ने विचार ब्यक्त गरेका छन् । नेता पोख्रेलले बीएण्डसीको विरोध गर्नुको कुनै तुक नभएको विचार ब्यक्त गरेका छन् ।

वर्तमान सरकारले अध्यादेश मार्फत ल्याएको चिकित्सा शिक्षा विधेयक कुनैपनि हालमा परिमार्जन गर्न आवशयक रहेको भन्दै उक्त विधेयकलाई आगामी संसदले अनुमोदन नगर्ने घोषणा समेत गरेका छन् । दक्ष चिकित्सक नहुदा अरबौं रुपैंया विदेशीने गरेको तथा मेडिकल शिक्षा नेपालमा नै पढाईभएमा वर्षेनी धेरै डाक्टरहरु नेपालमा नै उत्पादन हुने विषयमा डा.केसीले सोच्न जरुरी रहेको बताएका छन् । डा.केसीले अब अनसन बस्न आवश्यक नभएको भन्दै संविधानले स्वास्थ्य शिक्षालाई मैलिक अधिकार मानेकाले बाम गठबन्धनको सरकार बनेपछि त्यो पुरा हुने धारणा ब्यक्त गरेका छन् ।

एमाले र एकिकृत माओवादीको बाम गठबन्धनलाई फुटाउन केही शक्ति लागेपनि त्यो सफल हुन नदिने उनले बताएका छन् । पछिल्लो समय निर्वाचन आयोगले विभिन्न बहाना बनाएर अलमल गरेका कारण संक्रमण लम्बिएको भन्दै पुस–५ गतेबाट निर्वाचन आयोगले अलमलमा पार्ने काम परिरहेको आरोप समेत लगाएका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com