झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले ‘मामा’

झापा जिल्ला फुटबल संघको अध्यक्षमा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ सर्वसम्मत चुनिएका छन् ।

शनिबार धुलाबारीमा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट मामा दोस्रो पटक संघको अध्यक्षमा चुनिएका हुन् । मामा फुटबल संघको संस्थापक अध्यक्ष हुन् । २०५२ सालमा फुटबल संघ गठन हुँदा मामाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।

यसअघि मामा संघको बरिष्ठ उपाध्यक्ष थिए । निवर्तमान अध्यक्ष जलकुमार गुरुङ सदस्यमा रहेका छन् भने भेलाले नै महासचिवमा शेरबहादुर बस्नेत र नरेन्द्रमणि लिम्बूलाई कोषाध्यक्षमा मनोनित गरेको छ ।

त्यस्तै एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, कर्णबहादुर थापामगर, प्रदीप रing=1

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com