सरकार समक्ष फर्निचर व्यवसायीले यस्तो माग गरे

खुदुनाबारी– नेपाल फर्निचर व्यवसायी संघ झापा शाखाले फर्निचर उद्योगी व्यवसायीहरुले समयमा राज्यलाइ राजश्व तिरेपनि राज्यतर्फबाट कुनै पनि सहयोग नपाएको भन्दैे भन्दै असन्तुष्टि जनाएको छ । दमकमा पत्रकार सम्मेलन गदै उनीहरुले सो कुरा बताएका हुन् ।

शाखा अध्यक्ष टेक बहादुर खजुमले पत्रकार सम्मेलनमा भने झापामा ८ सय ५० उद्योगमा १५ हजार भन्दा बढी व्यक्तिलाइ रोजगारी दिदै आएको बताए । पत्रकार सम्मेलन जारी विज्ञप्तिमा कच्चा पदार्थको अभाव रहेकाले सामुदायिक वनमा संञ्चालित काठहरु सहज तरिकाले उपलब्ध गराउनु पर्ने, स्थानीय स्तरमा वृक्षारोपण आयोजनाबाट उत्पादित कच्चा पदार्थ बाहय बिक्री वितरण रोकिनु पर्ने, नम्बरी आवादीमा उत्पादित कुकाठहरु सहज तरिकाले जिल्ला भित्र स्थानीय तहको सिफारिसको आधारमा ओसार प्रसारको व्यवस्था मिलाउनु पर्ने, पुराना घरका काठहरु बन्द रहेकाले सहज तरिकाले स्थानीय तहको रोबरमा ओसार प्रसारको व्यवस्था मिलाउनु पर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

दक्ष कामदार उत्पादनका लागि झापामा दुइ स्थानमा तालिम केन्द्र स्थापना गरिनुपर्ने, उद्योगमाथि बाहय अतिक्रमण तत्काल बन्द गरिनुपर्ने अध्यक्ष खजुममद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अध्यक्ष खजुमले भने ‘राज्यले हामी व्यवसायीहरु माथि सम्बन्धित विज्ञहरुद्वारा समय समयमा अनुगमन गर्ने कुरामा यस शाखा सदैव सहयोग र स्वागत गर्दछ,’ तर भारतबाट आइ विना दर्ता काम गर्नेलाइ दण्डित गर्ने राज्य लाग्नुपर्ने जोड दिए । फर्निचर व्यवसायी संघ झापाका सचिव छत्र कार्कीले स्थानीय तहमा बुझाएको ज्ञापन पत्रको विवरणबारे जानकारी गराएका थिए । कार्यक्रममा फर्निचर फर्निसिङ संघ बिर्तामोडका अध्यक्ष गोपाल खनाल, गौरादह फर्निचर फर्निसिङ संघका अध्यक्ष कृष्ण ढुङ्खाना लगायतले बोलेका थिए । कार्यक्रम संञ्चालन महासचिव चन्द्र प्रसाद गिरीले गरेका थिए ।

संघले व्यवसायीहरुको मनोवल खस्किने र समग्र काठकला क्षेत्र माथि नै नकारात्मक प्रभाव पर्न जानेप्रति सजग रहन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com