मकर संक्रान्तिको ८ रोचक तथ्य

त्यस पर्व, उत्सवको महत्व बढी हुन्छ, जसको उल्लेख वैदिक धर्मग्रन्थ, धर्मसूत्र र आचार संहितासँग मिल्छ । केहि यस्ता पर्व छन्, जसलाई मनाउने आफ्नो विशिष्ठ विधी छ । यस पर्वमा सूर्य-चन्द्रको संक्रान्ति र कुम्भको अधिक महत्व छ ।

१. किन भनिएको मकर संक्रान्ति ?

मकर संक्रान्तिमा ‘मकर’ शब्दले मकर राशिलाई इंगित गर्छ । जबकी संक्रान्तिको अर्थ संक्रमण अर्थात प्रवेश गर्नु भन्ने हुन्छ ।

मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । एक राशिलाई छाडेर अर्को राशिमा प्रवेश गर्ने यस विस्थापन क्रियालाई संक्रान्ति भनिन्छ । सूर्य मकर राशिमा प्रवेश गर्छ त्यही कारण यसलाई मकर संक्रान्ति भनिन्छ । हिन्दु महिना अनुसार पुष शुक्ल पक्षमा मकर संक्रान्ति पर्व मनाइन्छ ।

२. सूर्य उत्तरायन हुने

चन्द्रको आधारमा महिनालाई दुई भागमा विभाजन गरिएको छ, कृष्ण र शुक्ल पक्ष । यसै हिसाबले सूर्यको आधारमा बर्षलाई दुई भागमा विभाजन गरिएको छ, उत्तरायन र दक्षिणयन ।

यस दिनदेखि सूर्य उत्तारयन हुन्छ । उत्तरायन अर्थात त्यस समयदेखि धर्तीको उत्तरी गोलार्द्ध सूर्य नजिक हुन पुग्छ । ६ महिना सूर्य उत्तरायन हुन्छ, ६ महिना दक्षिणायन । अतः यो पर्वलाई उत्तरायन भनिन्छ ।

३. यस पर्वको भौगोलिक विवरण

पृथ्वी साढे २३ डिग्री अक्षतर्फ झुकेर सूर्यको परिक्रमा गर्छ ।

वास्तवमा चन्द्रमाको पथलाई २७ नक्षत्रमा बाँढिएको छ, जबकी सूर्यको पथ १२ राशिमा बाँढिएको छ । हाम्रो ज्योतिष शास्त्रले यस चार स्थितीलाई १२ संक्रान्तिमा बाँढेको छ ।

४. अन्नवाली लहलह भएको बेला

हाम्रो मुलुक कृषिमा आधारित छ । अधिकांश कृषि पेशामा आश्रति छन् । अतः मकर संक्रान्तिको समयमा खेतीमा बाली लहलह भएको हुन्छ । यहि खुसीले पनि मकर संक्रान्तिमा रौनक थप्छ ।

५. तिल, गुड, लड्डु र पकवान

जाडोको यस सिजनमा मौसमी तापमान एकदमै कम हुने भएकाले शरीरमा रोग लाग्ने भय हुन्छ । त्यसैले यस दिन गुड, तिलले बनेको मिठो परिकार, खाने गरिन्छ । बाँढिचुडी गरिन्छ । यसले शरीरमा गर्मी पैदा गर्छ । साथै आवश्यक पोषक तत्व पनि परिपूर्ति गर्छ ।

६. स्नान, दान, पूण्य र पूजा

भनिन्छ, यस दिन सूर्य आफ्ना पुत्र शनिदेवसँगको तुष त्यागेर उनको घर गएका थिए । त्यसैले यस दिन पवित्र नदीमा स्नान, दान, पूजा आदि गर्दा पुण्य हजार गुण हुने धार्मिक विश्वास छ । यस दिन नदी वा घाट किनारमा मेला पनि लाग्छ । यसै दिनबाट मलमास पनि समाप्त हुन्छ तथा शुभ महिना प्रारम्भ हुन्छ ।

७. राम्रो दिनको सुरुवात

भगवान श्रीकृष्णले पनि उत्तरायनको महत्व बताउँदै गीतमा भनेका थिए कि, उत्तरायनका ६ मासको शुभ कालमा जब सूर्यदेव उत्तरायन हुन्छ, पृथ्वी अरु बढी प्रकाशमय हुन्छ ।

८. ऐतिहासिक तथ्य

हिन्दू धर्मशास्त्र अनुसार मकर संक्रान्तिदेखि देवताको दिन प्रारम्भ हुन्छ, जो असार माससम्म रहन्छ । महाभारत कालमा भीष्म पितामहले आफ्नो देह त्याग्नका लागि मकर संक्रान्ति नै चयन गरेका थिए । मकर संक्रान्तिका दिन गंगाजी भगीरथको पछि-पछि हुँदै कपिल मुनीको आश्रम हुँदै सागरमा मिलेको थियो ।-अनलाइनखबर

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com