Aamsanchar

मनसुन शिथिल साँझसम्म वर्षा हुने

Author Image
मङ्गलवार, असार २१, २०७३

काठमाडौँ।

मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन केही शिथिल भएको जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् जगदीश्वर कर्माचार्यका अनुसार केही दिनदेखि देशभर नै बदली रहिरहेको छ ।

सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ को अवधिलाई मनसुनको अवधि मानिन्छ । यसपटक भने निर्धारित समयभन्दा पाँच दिनपछि मनसुन सुरु भएको थियो । आज साँझसम्म काठमाडौँ उपत्यकामा वर्षा हुने पनि विभागले जनाएको छ ।

अहिलेको समयमा जमिन तातेर हावा समेत तात्ने र खाली ठाउँमा न्यून चापीय क्षेत्र विकास हुने गर्दछ । यसले मनसुन सक्रिय रहँदा धेरै वर्षा हुने तथा शिथिल हुँदा कम वर्षा हुने गर्दछ ।

काठमाडौँ उपत्यकामा मनसुन अवधिभर औसत करिब एक हजार १०० देखि एक हजार २०० मिलीलिटर पानी पर्ने गर्दछ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर