​एनआरएनए युएईद्वारा रक्तदान कार्यक्रम सम्पन्न

[सुर्य खवास]
युएई,
गैर आवसीय नेपाली संघ  युएई, राष्ट्रीय समन्वय समितिले जनवरी महिनालाई स्वास्थ्य सम्बन्धी चेतना मुलक कार्यक्रम गर्ने घोषणा अनुसार १९ जनवरिका दिन युएईका लागि नेपाली राजदुतावास, आबुधाबीको हातामा बृहत्  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
एनआरएनए युएई, राष्ट्रिय समन्वय समिति को आयोजना तथाआबुधाबी क्षेत्रीय समितिको व्यवस्थापन रहेको कार्यक्रममा दुतावासका द्वितीय सचिव कृष्ण अर्याालको उपस्थिती रहेको थियो । उक्त स्वास्थ्य सम्बन्धी चेतनामुलक अभियान अन्तर्गत पहिलो चरणमा रक्तदान कार्यक्रममा  ८० पुरुष र २० जना महिलाले गरि १०० जना  रक्तदाताले रक्तदान गर्नु भएको  कार्यक्रमका संयोजक निर्मल पोखरेलले जानकारी दिनु भयो  ।
एनआरएनए युएईले घोषणा गरेको चेतनामुलक स्वास्थ्य अभियानको दोश्रो चरण अन्तर्गत आगामी २६ जनवरिका दिन श्रमिकहरुको लागि अहलिया हस्पिटलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर गर्दैछ । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण तथा अस्पतालका नेपाली डाक्टर गोपालमान श्रेष्ठले चेतना मुलक प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
संघको चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार युएईमा कार्यरत सबै नेपालीसम्म पुग्ने अभियान अन्तर्गत एनआरएन युएईले गत महिना खेलकुद, जनवरी महिनामा स्वास्थ शिविर र स्वास्थ्य परिक्षण, फेब्रुअरीमा चेतनामुलक कार्यक्रम गर्ने तथा मार्च, अप्रिल र मे महिनामा पर्यटन प्रबद्र्धनका साथै नेपालको संस्कृति प्रदर्शन गर्ने योजना बनाएको संघका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिनु भयो ।
यसैगरि गत वर्ष जस्तै नेपालको सिस्नोपानी समुहसँगको सहकार्यमा एनआरएनए आइसीसीको योजना अन्तर्गत ‘दुई थोपा हाँसो’ अभियान युएईबाट शुरु गरिने संघले जानकारी दिएको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com