“फेसबुकको म्यासेजबाट”

सु्मन लेप्चा (वाङ्चु)

 

आज पनि सधैजस्तै आफिसबाट घर फर्किदै थिए, मनभित्र त्यहि फेसबुकमा भएको कुराले मन उथल, पुथल बनाई रहेको थियो । दीवस भाईले एकनासले मोटरसाइकल कुदाई रहदाँ, म पछाडी बसेर दैनिक देखिने त्यो बाटो छेउको मनोरम दृश्यहरु नियाल्दै थिए । मोबाइलमा घण्टी बज्न थाल्यो, यसो हेरेको सुमन लुङ्गाले गरेको रहेछ । आज धाइजन चोकमा भेट्ने कुरा गर्दै हुनुहुन्थ्यो । मन स्तब्ध बन्यो । प्रति–उत्तरमा हुन्छ भनिदिए । मनभित्र सधैको जस्तो कुनै प्रकारका योजनाहरु थिएनन् । मेरो मस्तिष्क नै शिथिल थियो ।

करिब १० मिनेट पछि हामी धाइजन चोक पुग्यौ, सुमन लुङ्गा, बिनोद लुङ्गा, जेनिश भाई, सुरजले पर्खिएर बसिरहेका थिए । के हो लुङ्गा अनुहार कालो छ त के भयो नि ? भन्दै सुमन लुङ्गा हात मिलाउन म भएको ठाउँतिर आए । मैले पनि मन्द मुस्कानका साथ मसंग फेसबुकमा एउटा अनौठो म्यासेजले सोच्न बाध्य बनायो । चाहे यो कुरा फेक होस या सत्य होस, मलाई त्यो कुराप्रति कुनै चासो छैन । तर उहाँले लेखेको म्यासेजले नेपालप्रतिको माया र गरिब जनताप्रतिको चिन्ताले मलाई लेख या कथा लेख्न बाध्य बनाई रहेको छ लुङ्गा ? मेरो कुराको टुङ्गो नलाग्दै जेनिश भाईले प्रश्न मतिर तेस्याए, लौ दाईलाई लेख्न बाध्य बनाउने त्यस्तो के घटना घट्यो ! हामी पनि सुनौँ न त ?

पौषको महिनाको दिन थियो, शरीर कर्काउने जाडोलाई छल्न म सिरकलाई गुटुमुटु परेर फेसबुक चलाउदै थिए । फेसबुकमा कवियत्री सुनिता तामाङ्गको मुक्तक अनि कवि हाङयुग अज्ञातको मनलाई रमाईलो बनाउने पोष्टहरु, गीतकार टंक सुब्बाको गीतहरुमा अनि कवि तथा मेरो आदरणीय गुरु मुनाराज शेर्माका ऐतिहासिक प्रतिबिम्बहरुमा लाईक गदैथिए । त्यहिबेला फेण्ड रिक्कोष्ट अफसनमा मेरो नजर डुल्न थाल्यो, पेन्डीङ्ग फेण्ड रिकोस्ट एक्पसेट गर्दै गएँ, अपारचित क्यानी मिर्लि(नाम परिवर्तन) नामबाट मसेज आयो “धन्यावाद मेरो फेण्ड रिकोष्ट एक्सेट गर्नु भएकोमा” प्रतिउत्तरमा मैले भने, स्वागत छ हजुर । मेरो म्यासेजको रिप्लाईमा लेखेको थियो, तपाईसँग एउटा कुरा गर्नु थियो । के मलाई सहयोग गर्नु हुन्छ, आशा छ तपाईले मलाई निराशा बनाउनु हुन्न ? एकछिन त अक्कमक्क भएँ । प्रतिउत्तरमा के लेखु, के लेखु चिनेको छैन । एक अपरचित विदेशी नागरिकबाट यस्तो प्रस्ताव आउदैछ । आनाकानी मान्दैमैले प्रतिउत्तरमा लेखेँ, हुन्छ नि, के कुरा हो । मबाट हुने सहयोग गरौला नि ।

मैले पठाएको म्यासेज पढ्न बिक्तिकै प्रतिउत्तर आयो–मलाई विश्वास थियो । तपाईले मेरो कुरा सुन्नु हुनेछ किन कि मैले तपाईको फेसबुक प्रोफाइल हेरेर यो अन्दाज गरेकी तपाई पनि एक समाजसेवी हुनुहुन्छ । तपाई आफ्नो राष्ट्र नेपालप्रति उत्तरदायी हुनुहुन्छ । म प्रतिको सकारात्मक टिका–टिप्पणी पढ्न पाउँदा मख्ख पर्दै मेलै प्रतिउत्तरमा भने– म प्रति जे सोच्नुभयो त्यो एकदम सहि सोच्नुभयो तर मैले तपाई कसरी र के सहयोग गर्नु पर्ने हो, त्यो कुरा खुलास्त रुपमा लेख्नुहोला ।

मैले लेखेको प्रश्नको उत्तर निकै समय सम्म आएन । सयाद लेख्दै थियो होला । मैले पनि मेरो प्रश्नको उत्तरको पर्खाईमा नबसी फेसबुकमा न्यू फीड हेर्न थाले । जहाँ कवि कृष्णा बराल, चन्द्र भण्डारी, विराट अनुपम, स्वप्नील स्मृति, कविता राई गाउँले, इन्द्र थेगिम, ज्योति किरण, गायक तारा लक्सम, गायिका दीपा लामा, पत्रकार दिपेन लावती लगायतको रोचक, आनन्दित, पढ्दा समय बितेको थाहै नपपाउने खालको पोष्टहरुले मेरो फेसबुक होमवाल राजिएको थियो, जुन कुराहरु पढ्दै लाईक गर्दै थिए ।

फेसबुक म्यासेन्जरमा म्यासेज आएको जानकारी पाउन साथ मैले म्यासेज खोले हेर्न थाले, यो म्यासेज पनि उहाँकै थियो । सयाद आफ्नो जीवन कहानी नै लेखेर पठाए जस्तो यो म्यासेज निकै लामो थियो । सो म्यासेज यस्तो थियो – मेरो नाम अलियसा पिचाके मेनडोजा (नाम परिवर्तन) हो, म अहिले ४२ बर्षकी भए । मेरो घर इण्डोनिसिया हो । हाल म यु.के मा छु । म अहिले स्तन क्यान्सर रोगले ग्रासित छु, यहि नै उपचार गराई रहेको छु । डाक्टरले भन्दैछ, म केहि माहिना मात्रै बाच्दैछु । यो बाचेको समयभित्र मैले धेरै काम धेरै काम गर्नु छ, त्यसैले मैले तपाईलाई सहायता मागेको हु ।

म्यासेज पढि सकेर मनमा कुराहरु खेल्न थाल्यो । कतै यिनीले मलाई झूटो आर्थिक सहयोग त माग्न लागेको होइन । साथीहरुले भन्थे–यस्तो सहयोगको म्यासेजहरु पठाएर झुक्याउदै आफ्नो पेटपालो गरेको । मेरो मनमा यस्तै नकारात्मक कुराहरु खेल्न थाल्यो । फेरि अर्काे म्यासेज आयो त्यहिबेला उहाँकै, त्यसमा यस्तो लेखेको थियो–मेरो श्रीमान नेपालकै हुनुहुन्छ । हाम्रो यु.के.मा भेट भएर विवाह भयो । हाम्रो सन्तान छैन । सन् २०१४ अगष्ट १६ तारिकमा कार दुर्घटनामा परि उहाँको निधन भयो । उहाँ बिट्रिस सरकारमा सरकारी जागिरे हुनुहुन्थ्यो । उहाँको मृत्युपछि इन्सुरेन्स कम्पनी, उहाँले काम गरेको कम्पनी र सरकारबाट दिइने दुर्घटना राहत रकम गरि जम्मा २७ लाख डलर मेरो बैक एकाउण्टमा सञ्चय भएको छ । मैले सोचेको छु, यो रकमबाट १० लाख डलर मेरो घर इन्डोनेसिया पठाउन चहान्छु । ७ लाख डलर म मेरो उपचार खर्चमा प्रयोग गर्न चहान्छु र बाँकी रहेको १० लाख डलर नेपालमा रहेको गरिब जनता र एकल माहिलाहरुको हितमा खर्च गर्न चाहन्छु । किनकी मेरो श्रीमानको अन्तिम चाहना नै नेपाल गएर गरिब जनताहरुको लागि काम गर्नु थियो ।

उहाँले हरेक क्षणमा भन्नुहुन्थ्यो मेरो रिटायर लाईफ गरिब जनताको सेवा गरि व्यतित गर्नेछु भनेर । मैले पनि त्यहाँ नेपालको गरिबी, महगी अनि सरकारबाट पाइने सुविधालाई नजिकबाट नियालेको छु । सयाद मेरो पनि स्वास्थ्य स्थिति राम्रो भएको भए । म पनि नेपालमै बसेर त्यहाँका प्रकृतिहरुसँग रमाएर गरिब जनताहरु अनि एकल माहिलाहरुसँग हातेमालो गरेर बाँकी जीवन बिताउने थिए । काश ः यो मेरो दिवा स्वप्ना मात्रै बन्यो । हुन त त्यहाँ नेपालमा मेरो श्रीमानको परिवार पनि छ । तर म नरुचाएको बुहारी परे । उहाँको घर–परिवारले हाम्रो सबन्धलाई स्वीकारेको थिएन् । म धेरै पटक नेपाल घुम्न आए तर कहिले पनि मलाई उहाँको घर लानु भएन । म अफान्त देखि अनविज्ञ छु । त्यसैले यो कामको लागि मैले तपाईलाई रोजेको हु ।

तपाईले मेरो श्रीमानको नाममा एक फाउण्डेसन संचालन गरेर काम गर्नु पर्ने हुन्छ । के गर्ने हो ? सोचविचार गरेर मलाई जवाफ दिनु होला । यदि तपाईबाट यो कार्य सम्भव छ भने अझै धेरै सुचनाहरु दिनेछु । म तपाईको जवाफको प्रतिक्षामा छु, ढिलो नगर्नु होला । मसँग समय छैन । म तपाईलाई मेरो फोन नम्बर पनि दिन्छु तर कल नगर्नु होला किनकी म बिमारीले गर्दा खासै बोल्न सक्ने अवस्थामा छैन । यदि यो काम तपाईबाट हुनेछ भने मात्रै फोन गर्नुहोला ।

God bless you and your famliy !

बिनोद लुङ्गाले हाँस्दै बोल्छ– सकियो । हैट सुन्नुमा माज्जा लाग्दो तर यो काम गर्न तिमीलाई किन रोज्छ ? तिमीलाई झुक्याएको हो । यहाँ कति धेरै त्यस्ता फाउण्डेसन चलाएर बस्नेहरु छन् ।

तिमीलाई………१० लाख डलर हा.हा.हा.हा.हा.हा.हा ………………………
बिनोद लुङ्गाको कुरा सुनेर त्यहाँ उपस्थित सबै जना साथीहरु हाँसे । म पनि हाँसे तर मनमा अनेक कुराहरु खेलाउदै…. जे होस् एकजना विदेशी इन्डोनेसियाको नागरिक भएर नेपालमा रहेको समस्याहरु र एकल माहिलाहरुको समस्याहरुलाई नजिकबाट बुझेर सहयोग गर्ने कुराको प्रस्ताव गर्दा म एकदमै हार्षित छु । चाहे यो प्रस्ताव झुटो नै भएपनि मेरो मन पनि फुरुङ्ग छ । तर हाम्रो देशमा रहेकाहरुले कहिले बुझ्ला नेपाल भित्रको यी समस्याहरुलाई ….

(जो लेप्चा समुदायको पहिलो कथाकार हुन् )

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com