‘यसपालि त विदेश जाने हो ‘

छोरा : 
यसपालि त विदेश जाने हो
 त्यँहा रुखमा पैसा फल्छ रे
झाप्झूप्प टिपेर लेउने हो
 आमालाई मखमल साड़ी
 र बुवालाई कभष्पय छ घडि किन्ने हो
सपना हजारौ देख्दै छु अचेल
मनमा लागेका हरेक चाहनाहरु पूरा गर्नेछु
मात्र खष्कब झर्न बाकी छ
 तेसपछि त घर छोडी हिन्ने हो
आमा सुन्नु भयो
यसपालि त विदेश जाने हो
त्यँहा रुख मा पैसा फल्छ रे
झ्यापझूप्प टिपेर लेउने हो
बहिनी को बिहे गर्नु छ
भाइलाई डॉक्टर बनाउनु छ
हरेकको इछ्या चाहना पूरा गरी
सबैको मन मा बस्नु छ
तै भएर पनि विदेश त जाने हो
पैसामा सुती पैसैमा उठ्ने हो
नेपालमा कै छैन आमा
अरु कै आसमा बाच्नु पर्छ
प्रदेशमा त पैसै पैसा छ रे
 मनका रहरहरु पूरा गर्नु पर्छ
यो बेला नसोचे कहिलै सोच्ने
अहिले नगरे कहिलै गर्ने
तेसैले आमा विदेश त पक्का जाने हो
 सुनै सुनले पहिईलिएर आउने हो
 ९आमा ०
विदेश विदेश कति भन्छौ
यही कै गर्छु भन
त्यँहा बगाउने पसिना को धारा
यही बगाउछु भन
पैसा काहीं बाड्न बसेका हुदैनन
परिस्रम कै मूल्य हुने हो
अर्काको अधीनमा हैन छोरा
आफ्नु स्रमको मालिक आफैं हुन्छु भन
तिमी जस्तो युवाको खांचो छ
यो समाजलाई अनि यो देशलाई
 यसरी स्वार्थी भएर
मातृत्व त्यागि कहिल्लै हिन्छु नभन
बाकसमा फर्केका नेपाली देखेकै छौ
 तै भएर हठ नगर
नेपालमा नभएको के छ र छोरा
 मीठो सपना यै भुमी देख्छु भन
ठूलो भाग खोज्ने हुदा
 ठूला खाडल चै नदेखलाउ
अरुको वहकाउमा लागेर
 आफ्नु अस्तित्व चै गुमाउलाउ
 ठ समुन्द्र पारी
 अर्काको देश अनि त्यँहाको मायारुपी भेस चुनेर
 यति सानो उमेरमा नै पठाउला बाकसमा थुनेर
                            [सरण  बानिया ]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com