साधुटार यस कारण जान जरुरी छ (फोटो फिचर सहित)

विनोद पाण्डे (कमल)

अर्जुनधारा नगरपालिका १ झापाको उत्तरी शिमा क्षेत्रमा रहेको एक धार्मिक पावन भूमी हो साधुटार ।
महाभारतकालीन ऐतिहासिक पृष्ठभूमि रहेको साधुटार पौराणिक कथन अनुसार तत्कालिन समयमा शिद्धाश्रम थियो । पाण्डवहरुको बनबास सकिएपछी गुप्तबासको समयमा नेपाल भूखण्ड प्रवेश गरेका द्रौपदी समेत पा“च पाण्डव ऋषिमुनि सहित २६ हजार प्रमुख असंख्य साधु सन्तले तपस्या, सत्संग गरेको धार्मिक ग्रन्थमा उल्लेख भएको ठाउ“ भएकोले साधुटार एक पटक जानु पर्ने ठाउ“मा पर्छ ।

चुरे पाहाड, घासे मैदान, खोला खोल्सा, तराईका फाट उकाली ओराली भौगोलिक बनावट भएको यस क्षेत्र धार्मिक र पर्यटकिय दृष्टीले उत्तम क्षेत्र मानिन्छ । झापाको मुख्य सहर विर्तामोडवाट १३ किलो मिटर उत्तरमा पर्ने साधुटारमा अहिले ४२ औं बार्षिक उत्सवको अवसरमा माघ १ गते देखि ११ गते सम्म श्रीमद् नारद पुराण अकाल मृत्यू निवारण महायज्ञ आयोजना भई रहेको छ । यज्ञको अवधी हाल सम्म ३० हजार भक्तजन साधुटार पुगिसकेको धाम सचिवालयले बताएको छ ।

प्रादेशिक महा विद्यालय हुदै विश्व विद्यालय स्थापना गर्ने उदेश्यले पीठ परिसरमा जग्गा खरिद गर्न र निर्माणधिन भवन सम्पनन गर्न, अक्षयकोष वृद्धि गर्न, दीर्घकालिन रुपमा विद्यार्थी भोजनको व्यवस्था गर्ने लगायतका उदेश्य राखेर यस बर्ष पनि महायज्ञ आयोजना गरिएको प्राचार्य छन्दुराम भण्डारीले बताएका छन ।
शिक्षा हराए काशी, न्याय नपाए गोर्खा जानु भने झै पूर्विय दर्शन जान्नको लागि साधुटार जानु भन्ने भनाई त्याहा“ पुग्दा सार्थक लाग्छ । साधुटारमा धेरै भन्दा धेरै धार्मिक तथा सामाजिक व्यक्तीले पिठलाई सहयोग गर्दै आएका छन, यस बर्ष पनि धाममा सहयोगी दाताहरु आउने क्रम जारी रहेको र धामले अघिसारेको जग्गा खरिदको ओजनालाई सार्थक बनाउने अभियानमा स्थानिय समाजसेवी योगप्रसाद भट्टराई श्रीमती शोभा भट्टराईले ४ कठ्ठा र विर्तामोड स्थित गोमेन्द्र कलेजका संस्थापक गणेश खनाल र श्रीमती बुद्धमाया खनालले १ कठ्ठा जमिन दान गर्नु भएको व्यासाचार्य लक्ष्मी खतिवडाले बताउनु भएको छ ।

शनिश्चरे खुदुनाबारी मार्गमा पर्ने मदनपुर हुदै शंङ्करचार्य पिठ वेदवेदाड्ड संस्कृत पाठशाला पुग्न सकिनछ । पिठ जोकोही सहृदही, धार्मिक, समाज सेवी हरुको लागि सेवा गर्ने उपयुक्त ठाउ“मा पर्छ ।
धार्मिक दृष्टीले पूर्वमा परिचित बनेको साधुटार क्षेत्र पर्यटकिय हिसावले पनि उपयुक्त ठाउ“ बनेको छ । जंगली भूभागमा जोडिएको भएकोले बनभोज र घुमफिर गर्न धेरै मानिसहरु साधुटार जान थालेका छन । विभिन्न प्रजातीका रुख, चराचुरुड्डीको बास स्थान, ग्रामिण परिवेस, डा“डाकाडा“, खोला नाला, स्वक्ष हावापानी, गोरेटो बाटो र फराकिलो मोटर बाटोको कारण एक पटक साधुटार धार्मिक पर्यटकले पुग्नै पर्ने ठाउ“ हो ।

मदनपुरवाट साधुटार पुग्दा खिचिएका तस्वीरहरु हेर्नुहोस् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com