किन लेखे सुरेशले चिठ्ठी ? रमेशलाई सुरेशको पहिलो चिठ्ठी …!

सुरेश खतिवडा

श्रीमान प्रमुख ज्यु बुद्दशान्तिगांउपालिका झापा ……!

नमस्कार …अनि पद अनुसार सम्मान छ हजुरलाई………! चिठ्ठि नै लेख्नु पर्ने बिशेष कारण थिएन तर केही नैरास्यता र जिज्ञासाले कोर्न बाध्य तुल्यायो । ब्यक्तिगत रुपमा हजुर संग मेरो पटक्कै चिनजान पनि छैन ।

कहिले दाई कहिले हाम्रो अन्य शान्तिनगरे मित्र हरु सरह भेना त कहिले काका संगको मित्रता लाई पछ्याउदै अंकल भनेर सम्बोधन गरेता पनि मेरो खास अनि कुनै बिषेश परिचय रहेन हजुर संग । तथापि म कुनै दलको नभई हजुरको उदार ह्दय को प्रचार गर्दै अध्यक्ष रमेस भुजेल नै बन्नु हाम्रा लागि ठिक भन्दै त्यस स्थानिय चुनाब ताका हिड्ने टिमाई र कुरुङ खोला बिचको टापु सरहको डाडामा खेति किसानी गर्ने – एक किसान।

वडा न ५ को पर्यटन क्षेत्र मा सक्दो बिकास , नदिनालाको संरक्षण, टिमाई तथा कुरुङ नदि को तिब्र कटान नियन्त्रण ,खोला नाला को अत्याधिक दोहन नियन्त्रण , वातावरण प्रदुषण नियन्त्रण ,बिषादीमुक्त शान्तिनगर,हा्म्रै वडामा टिमाई किनार डांडा मा रहेका सुकुम्बासी हरुलाई धनिपुर्जा बितरण गर्ने अनि सिगो शान्तिनगर र वार्डको सुरक्षा गरिदिन्छु भन्दै समृद्गिको सपना बांड्र्दै गर्दा हजुरका प्रत्येक प्रतिबद्दता एक कुनामा बसेर सुनेको मान्छे म । त्यो म हुं जो आजभोलि समृध्द शान्तिनगर बनाउन हरदम संगसंगै फराकिलो बाटोमा पसिना सरी बन्दै हजुर खटेको देख्दा गर्बले छाति फुलाएर हर्सित हुदै आफ्नो गन्तव्य मा लाग्ने म ।

अनि हजुर ले जित्दा खुशि हुदै कुरुङ खोला पुल दक्षिण को खेतियोग्य जमिन संरक्षणका लागि दिर्गकालिन योजना केही हुनसक्छ भने बनाईदिन एक पटक आग्रह गर्दा सायद ब्यक्तिगत चिनजानकै अभावमा असफल भएको नरिह ब्यक्ती म। मेरो परिचय धेरै दिनु भन्दा पनि कतिपय हजुरका प्रतिबद्दता पुरा भए होलान भने कतै हुने क्रम मा होलान। हामिले सुने अनुसार पर्यटन बोर्ड ले हाम्रा वडामा र गाउमा मात्र हैन देसै भर रहेका हरेक प्राकितिक सम्पदालाई कसरि प्राकितिक रुपमै संरक्षण गर्न सकिन्छ भनेर हेरिरहेको अवस्था छ ।

यहि शान्तिनगरलाई िबषादिमुक्त बनाउन निस्वार्थ केही सामाजिक अभियन्ताहरु खाई नपाई खटटिरहेको ऐना सरि छर्लङ्ग छ ।त्यस्तै कृषि मन्त्रालय र भुगर्वबिद्हरु खोला गहिरिएर माटोमा रहेको चुन पग्लिएर पहिरो झरि रहने अनि डांडाका कृषियोग्य जमिनहरु बकामे बन्न्ने बैज्ञानिक सत्यता र तथ्यहरुमा केन्दित रहेर देसै भर अनुसन्धान गरिरहेको अवस्था छ। घट्दै गएको पानीको श्रोतहरु र सुकेका पैनिका मुहानहरु का कारण के हुन सक्छ सम्बन्धित निकायले खोजिगरिरहेको अवस्था छ। ।

त्यस्तै देसब्यापि रुपमै समाचार बनिरहेको बिभिन्न बिकास बहानामा भईरह्को नदि दोहन र यसको नियन्त्रण मा कसरी निकास मिल्छ भनेर एक प्रकारका वातावरणबिदहरु सरोकार वालाहरु संग सहकार्य गर्दै खोजमा रहेका अवस्था सर्वबिधित नै छ। अधयक्ष ज्यु ! यहि पर्यावरणिय बिनासको रोगले हाम्रो ढिस्को को रुपमा रहेको सुन्दर र शान्त बुद्दशान्तिको शान्तिनगरलाई पनि छोएको भान हुन्छ यदि हजुर एक पटक टिमाई र कुरुङ नदि दोभान पुगिदिने हो र त्यहां पुग्न र अवलोकन गर्न नहुने केही बाध्यता भए पनि पुग्ने नै हो भने छर्लङ्ग छ । यहि क्रम रहेमा यस्तो नहोस की हजुको प्रतिबद्दताअनुसार ति शान्तिनगरका डाडा का सुकुम्बासि ले धनिपु्र्जा पाए पनि प्राकितिक प्रकोपले हातमा भएको धनिपुर्जा अनुसारका जमिन नहोस। यहां खोलामा भएका गतिबिधि र यसका कार्यक्रमहरु नियममा मै होलान र प्रकिया पनि पुगेकै होलान ।

गलत पनि गरेका नहोलान र आवस्यक पनि होलान । के छ …त्यसको निगरानिको सम्पुर्ण अधिकार हजुरलगायतलाई नै छ । तर अबका केहि महिना पस्च्यात यो सम्झौताको अन्त्य हुदां अर्को नयां सम्झौता नहुने सुचना गरि सिंगो शन्तिनगर लाई अझ अग्लो डांडा नबनाई दिन हजुर संग ब्यक्तिगत रुपमा आग्रह गर्दछु। यो दक्षिणि क्षेत्र को खानेपानी श्रोत रहेको ‘सिंगो शान्तिनगर ‘ टिमाई खोलामा अन्य प्रकितिका ठुला अझंगका तोड्ने र खोतल्ने मेसिनहरु हैन बोरु हजुरकै पहलमा दुई वडा लाई जोड्ने झोलुङ्गे पुल चाहान्छ। यो ‘सिंगो शान्तिनगर’ कुरुङ खोलाका ढुगां बेचेर धनि वडा बन्न हैन यसमा दिर्गकालिन तटबन्दन र खेतियोग्य जमिनको सुरक्षा चाहान्छ।

‘सिगो शान्तिनगर’ कोलाहल सहित वातावरण प्रदुषण गराउदै भएको बिकास र युवा रोजगारका नाममा केहि जनालाई बचाई हजार जना रोगि हैन सबै स्वच्छ वातावरण मा बाच्न हजुर संग सहयोग चाहान्छ । ‘सिंगो शान्तिनगर’ रातभर जागै बनाउने खोतल्ने र फुटाउने मेसिनका आवाज हैन रमिते डांडा मा मयुर नाच्दा निकालेको आवाज ,कोईलि को कुहु -कुहु गरेको मधुर ध्वनि अनि शान्त वातावरणमा रमाउने बार्ह सिंगे, हरिण ,चित्तल ,मृग, हात्ति नै बेलाबखत खोलामा हेर्नै चाहान्छ। शिरमा महान्नद सापकोटालाई राखेको र काखमा ठुटेबर,कमेरे थुम्की अनी पाचपोखरीलाई बोकेको ‘सिंगोशान्तिनगर ‘ प्राकितिक सौन्दर्यता बिनास बिनाको बिकास मा हजुरकै प्रतिबद्दता अनुसार मात्र अगाडि बड्न चाहान्छ ।

र अन्त्यमा मिल्छ भने ‘सिंगो शान्तिनगर को डाडां अनि म ‘ ”बिकास नियमित प्रकिया अनुसार खोज्न अनि ईमान्दारिताका नाममा स्वाभिमान नै नगुमाउनु ” भन्ने आदर्स हाम्रा वडाका निर्वाचित प्रतिनिधि , आफ्नो बिधालय र बिधार्थि प्रति गम्भिर शिक्षकहरु , समजसेवि ,बुद्दिजिबि लगायत अन्य हजुर वरिपरि घुमिरहने हाम्रा वडाका बिकास प्रेमी उर्जासिल युवालाई बुझाईदिन र सहि बाटो देखाईदिन दिन म ब्यक्तिगत रुपमा हजुरलाई आग्रह गर्दै आजलाई बिदा चाहान्छु बाकी अर्को पत्रमा कोर्ने बाचा सहित — — ! उहि हजुरको … … सुरेस खतिवडा ,बुद्दशान्ति -५,झापा

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com